शाहरुख खान पुगे वैष्णोदेवी

00-Shahrukh-Khan-1

मुम्बई: बलिउड सुपरस्टार शाहरुख खानले जम्मू-कश्मीरको रियासी जिल्लाको त्रिकुटा पहाडमा रहेको माता वैष्णोदेवीको पवित्र मन्दिरमा पूजाअर्चना गरेका छन्। एक अधिकारीले सोमबार सो जानकारी दिएका हुन्। सबै कालो पहिरनमा हुड भएको ज्याकेट लगाएका खान आइतबार राति मन्दिर पुगेको अधिकारीले बताए। यसअघि शाहरुख उमराह गर्न मक्का पुगेका थिए र यी सबै कुरा जोड्दै ट्विटर प्रयोगकर्ताले शाहरुखलाई धर्मनिरपेक्ष भएको बताएका छन्।

एक भिडियो क्लिप, जसमा कथित रूपमा ५७ वर्षीय शाहरुख खान आफ्ना कर्मचारी र केही पुलिसहरूसँग भवन तर्फ हिंडिरहेको देखाइएको छ, सोशल मिडियामा भाइरल भइरहेको छ। यस महिनाको शुरुमा शाहरुख खान साउदी अरेबियामा आफ्नो फिल्म ‘डंकी’ को शेड्युल पूरा गरेपछि मक्कामा उमराह गर्दै देखिएका थिए। शाहरुख खानको मक्कामा उमराह गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले प्रश्न र आलोचना गर्न थाले।

About Author

Advertisement