दुई सय वर्षमा आठ सय प्रजातिका बोटबिरुवा विलोपन, के मानव पनि विलोपन हुनसक्छ?

00-Extinction-of-Plant

१८औँ शताब्दीदेखि अहिलेसम्म केवल दुई सय वर्षमा संसारबाट आठ सय प्रजातिका बोटबिरुवाहरू नष्ट भइसकेका छन्। हजारौं प्रजातिहरू यस्तो अवस्थामा आएका छन् कि उनीहरूले वातावरणमा योगदान दिइरहेका छैनन्। केही यति दुर्लभ भएका छन् कि तिनीहरू पुनः उत्पादन गर्न असमर्थ छन्। इङ्गल्याण्डको रोयल बोटानिक गार्डेनका वैज्ञानिकहरूले बिरुवाको प्रजाति लोप हुने सही रेकर्डको अभाव पनि एउटा समस्या भएको विश्वास गर्छन्।

यदि विस्तृत रूपमा अध्ययन गर्ने हो भने, लोप हुन गइरहेका बिरुवाहरूको संख्या अझ ठूलो छ। मानिसको प्रजाति पनि यसरी नै लोप हुनेछ कि भन्ने भय यसले देखाएको छ। यसैले वैज्ञानिकहरुले गम्भीर भएर अध्ययन गरिरहेका छन्। अधिकांश बोटबिरुवा लोप हुने प्रक्रिया रहेको देख्दा विनाश चाँडै छ की भन्ने संकेत गरेको अनुसन्धानकर्ता इमिर निक लुगाढाले बताए। बोटबिरुवाहरूको लोप हुनु धेरै चिन्ताजनक छ, किनकि थाहा छैन कि कुन प्रजातिले पारिस्थितिकी प्रणालीलाई असर गरिरहेको छ। कुन बिरुवाको प्रजाति भविष्यको लागि फाइदाजनक छ भन्ने पनि कसैलाई थाहा छैन। संसारभरको वन कटान धेरै दु:खद छ। यो एकदमै नराम्रो अवस्था हो। यसले पारिस्थितिक अवस्था बदल्यो भने मानिस त के धेरै जीवहरुको पृथ्वीबाट लोप हुने अवस्था आउँछ। हरेक बिरुवाको आफ्नै महत्व हुन्छ। हामीलाई थाहा छैन उसको प्रजातिले इकोसिस्टममा के योगदान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement