राक्षस

00-Rakshas

त्यो गाउँ होस् या यो शहर

हरेक प्रहरले नयाँ मान्छे जन्माउँछ

अनि जगाउँछ निदाएको त्यो राक्षस

जसलाई भोक भनिन्छ

अनि सुरु हुन्छ भोकको ताण्डव

जसलाई थमथमाउन

बिकेका छन् पसिनाका खोलाहरू

रगतका सागरहरू

अनि बिकेका छन् हरेक गोधूलि

अङ्गहरू

बजारमा।

About Author

Advertisement