सिक्किम: अल सिक्किम स्टुडेन्ट्स वेलफेर फोरमको एसआरसी मीट सम्पन्न

IMG-20221211-WA0223.jpg

गान्तोक: अल सिक्किम स्टुडेन्ट्स वेलफेर फोरमले आज राजधानीको जनता भवनमा एसआरसी मीटको आयोजन गऱ्यो। आगामी २१ दिसम्बरको दिन राज्यको सम्पूर्ण महाविद्यालयमा विभिन्न पदमा निर्वाचनको निम्ति खड़ा भएका छात्र-छात्रा उम्मेदवारहरूलाई एक ठाउँ भेला गरेर सिक्किमका विद्यार्थीहरूको पक्षमा के कस्ता विकासीय योजनाहरू अघि ल्याउन सकिन्छ भन्ने विषयमा भेट घाट गरेर परामर्ष गर्नु आजको भेटघाटको मुख्य उद्देश्य रहेको थियो। कार्यक्रममा स्टुडेन्ट्स रिप्रेजेन्टेटिभका पूर्व अध्यक्ष एवं अधिवक्ता प्रदिप तामाङ, सुसाका पूर्व अध्यक्ष पाल्छेन तामाङ अनि सारथी संगठनका महासचिव एवं सिक्किम एडुकशन सोसाइटीका अध्यक्ष विशाल शर्माले उपस्थित विद्यार्थीहरूलाई विश्वविद्यालयमा शिक्षा आर्जन गरिरहेका सिक्किम भरिका विद्यार्थीहरूको निम्ति निर्वाचित भइसकेछि विद्यार्थी नेताहरूले गर्नसक्ने कार्यहरूबारे प्रकाश पारे। शिक्षा आर्जन गर्नु अनि सहपाठीहरूको विभिन्न समस्याहरूलाई सुल्झाएर आफु अध्ययनरत रहेको महाविद्यालयको गरिमालाई बढ़ाउनु नै परम कर्मतव्य रहेको कुरामा जोर दिए। यसको साथै विद्यार्थीहरूलाई देखा परिरहेको विभिन्न विकृतिहरूलाई सम्बोधन गर्नु विद्यटार्थी नेताहरूको कर्तव्य रहेको जानकारी गराए। गुटवाजी देखि माथि उठेर सबैले कार्य गर्ने पनि आग्रह गर्दै सुन्दर सिक्किमको निर्माण गर्न सबैले योगदान दिनुपर्ने आग्रह गरे। कार्यक्रममा विभिन्न महाविद्यालमा अध्यक्ष पदको निम्ति खड़ा भएका उम्मेदवारहरूले पनि आ-आफ्नो विचार पोखे। हारे पनि जिते पनि सबै मिलेर कार्य गर्ने आज सबैले प्रतिवद्धता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement