बङ्गाल: टेट परीक्षा लेखेर आउँदा दुर्घटनामा परेर एक दम्पत्ति घाईते

5ca0a284-790b-4a06-8c2e-086e1c48f67f

कालचिनी: आज सम्पन्न भएको टेट परीक्षा अलिपुरद्वार जिल्लाभरी नै शान्तिपूर्ण सम्पन्न भए तापनि टोटोपाड़ा निवासी एक दम्पत्ति आज परीक्षा सकेर मोटरबाइकमा घर फर्किरहेका बेला निमती राष्ट्रिय राजमार्ग ३१ सीमा आइपुग्दा अचानक मोटरबाइक असन्तुलित भएर सड़क मुन्तिर लड़न पुग्दा दुवै पति पत्नी गम्भीर घाईते बनेको थियो।
घाईते पति पत्नी मदारीहाट खण्डको टोटोपाड़ा निवासी दिपङ्कर छेत्री र अक्ष्य राईलाई बसमा फर्किरहेकी टोटोपाड़ा निवासी सेवारानी टोटोले देखेर निमती आउटपोस्टका पुलिसबलको मदतमा उत्तर लोथाबारी ग्रामीण अस्पतालमा उपचारको निम्ति ल्याएको थियो। प्राथमिक उपचार पश्चात दुवै पति पत्नीलाई एम्बुलेन्सद्वारा टोटोपाड़ा पुऱ्याएको बताईएको छ।

About Author

Advertisement