कालचिनी: कालचिनी खण्डको निमती दोमोहनी क्षेत्रमा आइतबार निमती एसटी स्पोर्टिङ क्लबको आयोजना अनि ब्लड डोनर अर्गनाइजेशनको सहयोगितामा स्वेच्छा रक्तदान शिविर सम्पन्न हुनको साथै निःशुल्क आँखा जॉंच शिविर अनि निःशुल्क होमियो चिकित्सा शिविर पनि सम्पन्न गरिएको जानकारी निमती एसटी स्पोर्टिङ क्लबको सचिव सुभाष उराउँले दिएका छन्|
आज यसै अवसरमा गाउँले आवश्यकमन्द परिवारलाई लता कपड़ा साथै कम्बल वितरण साथै निमती आशालता एसएसके प्राङ्गणमा वृक्षारोपण पनि गरीएको थियो भने सो अवसरमा लोथाबारी ग्राम पञ्चायतका उपप्रधान गौरी ठाकुर समाजसेवी आलोक मित्र, नबुल ठाकुर एवम् अलिपुरद्वार ब्लड डोनर आर्गनाइजेशनको सदस्य रञ्जित मिश्राको प्रमुख उपस्थिति रहेको थियो| आजसम्म १०९ पल्ट रक्तदान गरिसकेको समाजसेवी रञ्जित मिश्राले आजको शिविर बहु उपकारी शिविर भएको र रक्तदानको महत्व बुझाउने प्रयास गरिएको जनाएका छन्| निमती एसटी स्पोर्टिङ क्लबको आयोजनामा यो प्रथम शिविर सम्पन्न भएको र आगामी दिनमा परोपकारी कार्यहरू गर्दै लैजाने क्लबको पक्षबाट सुभाष उराउँ र राजेश उराउँले जनाएका छन्|