बङ्गाल: भारतीय खस संरक्षण समितिको पहिलो सभा सम्पन्न

9e140b9d-9a98-4959-8f96-39484f43453d

कालचिनी: खस जातिलाई एकजुट गराउने र खस जातिलाई जनजातिको मान्यता दिलाउन जमर्को कस्न गठित भएको भारतीय खस संरक्षण समितिको आइतबार प्रथम सभा कालचिनीस्थित एथलेटिक क्लबमा सम्पन्न भएको जानकारी सो कमिटीको पक्षबाट चन्दन भट्टराईले दिएका छन्| सभाको अध्यक्षता अमर कार्कीले गरेको थियो भने सभामा चन्दन भट्टराई लगायत बाबुराम भट्टराई, चन्द्र कुमार कार्की, पूर्णबहादुर छेत्री, एवम् समितिको अध्यक्ष कृष्णबहादुर कार्की र सचिव सुदर्शन पाण्डेले खस जातिको इतिहास र यसको संस्कृति अनि परम्परामाथि चर्चा चलाएको थियो|
आगामी दिनमा भारतीय खस संरक्षण समितिको क्रियाकलाप अघि बढ़ाउने र खस जातिलाई एकजुट बनाउन कार्य गरिने सचिव सुदर्शन पाण्डेले बताएका छन्|

About Author

Advertisement