बङ्गाल: भागोप्रमो खरसाङ महकुमा समितिद्वारा टाउन कमिटीको रिक्त पदहरूमा नियुक्ति प्रदान

IMG-20221211-WA0163.jpg

खरसाङ: भारतीय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा आज खरसाङ टाउन कमिटीसित समीक्षा सभा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमोको खरसाङ महकुमा समितिको पार्टी कार्यालयमा युवा शक्तिको महकुमा समितिको सभापति पेमेन्द्र गुरुङको अध्यक्षता र खरसाङ महकुमा समितिको सचिव एंव मनोनित सभासद प्रमाण रसाईलीको सञ्चालनमा सम्पन्न भएको छ। यसै सभामा खरसाङ टाउन कमिटीको रिक्त पदहरूमा नियुक्ति पनि दिइएको छ। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, सचिव प्रणाम रसाइली, नारी शक्ति केन्द्रीय समितिको अध्यक्षा अनु प्रधान, खरसाङ टाउन कमिटीको सचिव सूर्य कमल छेत्री, नारी शक्ति खरसाङ टाउन कमिटीको सचिव दिपा छेत्री आदिले वक्तव्य राखेका थिए।

यसै सभामा रिक्त रहेको पदहरूमा नियुक्ति दिइएको छ। नयाँ पदहरूमा नियुक्ति पाउनेहरूमा भागोप्रमो खरसाङ टाउन कमिटीको उप सभापतिमा सन्दीप बल र पुष्पन प्रधानलाई नियुक्ति दिइएको छ। त्यसरी नै टाउन कमिटीको सह सचिवको रूपमा बीरबल पाख्रिनलाई नियुक्ति दिइएको छ। यसै सभामा भागोप्रमो केन्द्रीय सदस्य राम पोख्रेललाई सिटोङ लाठपञ्जार समष्टीको संयोजकको रुपमा नियुक्ति दिइएको छ। सभामा नारी शक्ति खरसाङ टाउन कमिटीको सभापति सबिता कार्की लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

Advertisement