बङ्गाल: दार्जिलिङ जिल्ला शासकलाई गाडीधुरावासीको पक्षबाट धन्यवाद ज्ञापन साथै सम्मान

IMG_20221211_182953.jpg

खरसाङ: आज गाडीधुरावासीको पक्षबाट दार्जीलिङ जिल्ला अधिकारीलाई धन्यवाद ज्ञापन गर्न गाडीधुराका एक प्रतिनिधि टोली क्षेत्रीय सभासद कल्पना प्रधानको नेतृत्वमा उनको निवास स्थानमा पुगेका थिए। गत २८ नोभेम्बरको दिन गत पाँच दशकदेखि गाडीधुराको निम्ति गाढे घाउ बनिसकेको जमीनको पर्जा पट्टाको समाधान जीटीए प्रमुख कार्यकाल अनित थापाको पहलमा समाधान भई प्रथम चरणमा १३६ जनालाई पट्टा बाँढिएको थियो। त्यस अवसरमा जिल्ला अधिकारी उनको व्यस्तताको कारण उपस्थित नरहेकोले उनलाई धन्यवाद ज्ञापन गर्न उक्त टोली आज उनको निवासस्थानमा पुगेका थिए। प्रतिनिधि टोलीमा डीके विश्वकर्म, ध्रुब प्रसाद शर्मा, रोशन विश्वकर्म, अनुप रामुदामु, सुवास छेत्री, कुनाल छेत्री, अजय छेत्री, योगेन छेत्री, रिता तामाङ्ग आदि थिए।

जिल्ला अधिकारीलाई गाडीधुरावासीको पक्षबाट स्मृति चिन्ह, खदा लगाई धन्यवाद ज्ञापन गरियो साथै बाँकी रहल निरीक्षण भईसकेको जमीन दाताहरुको पट्टाबारे जानकारी लिइयो। जिल्ला अधिकारीको पक्षबाट सकारात्मक आश्वासन दिएको जानकारी क्षेत्रीय सभासद कल्पना प्रधानले जानकारी गराएकी छन्। आज गएको प्रतिनिधिमण्डलले जीटीए प्रमुख कार्यपाल अनित थापासित पनि भेट गरी बाँकी निरीक्षण भएको जमीनदाताहरुको पर्जा पट्टाबारे पनि चर्चा गरे भनी प्रतिनिधि टोलीको पक्षमा अनुप रामुदामुले जानकारी गराएका छन्।

About Author

Advertisement