बङ्गाल:…… र डोली सरकारले टेट परीक्षा दिन सकेनन्

vlcsnap-2022-12-11-13h49m29s164.png

सिलगढी: सिलगढी डिभिजनको घोषपुकुर निवासी डोली सरकार आइतवार बिहान करिब १०.३० बजे सिलगढी ब्वाइज हाई स्कूलको परीक्षामा उपस्थित हुन स्कूटीमा घरबाट निस्किन्। उनी सिलगढी-दार्जिलिङ मोडमा ट्राफिक जाममा नराम्ररी फसेकी थिइन्। परीक्षा केन्द्रमा पुग्दा ११ बजिसकेको थियो। ढिलो आइपुगेका कारण परीक्षा केन्द्रमा प्रवेश गर्न नपाइने/आइतबार दिउँसो १२ बजेबाट परीक्षा सुरु हुँदैछ, तर बोर्डले यसअघि बिहान ११ बजेपछि परीक्षा केन्द्रमा प्रवेश गर्न नदिने जानकारी दिएको थियो। ढिलो पुगेका कारण परीक्षाको तयारी गरेर पनि डोली सरकार परीक्षामा उपस्थित हुन सकेनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement