बंगाल: मजदुरको घरमा चितुवा

IMG-20221211-WA0002.jpg

बनारहट: जलपाईगुडी जिल्लाको बनारहट ब्लकको डायना चिया बगानमा एक मजदुरको घरमा चितुवा फेला परेको छ ।घरभित्र अचानक चितुवा देखेपछि मजदुरको परिवारमा त्रास फैलिएको छ। तुरुन्तै बिन्नागुरी रेन्ज अफिसलाई खबर गरियो। अहिले बिन्नागुरी रेन्जका वनकर्मीले पुरै इलाकालाई जाल लगाएर घेरा हालेका छन्, प्रहरी पनि छन्। चितुवाको खबर गाउँमा फैलिन धेरै बेर लागेन र चितुवा हेर्न ठूलो संख्यामा मानिसहरु जम्मा भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement