फर्केर हेर्दा: संस्कृतिको मिये ‘जागृति महिला समिति

00-0-Untitled-1

साहित्य र संस्कृतिको जगेडा हुन सबैको सहयोग चाहिन्छ। समाजमा हरेक क्षेत्रमा पुरुष र महिलाको अवस्थितिले गर्दा नै सभ्य मानव समाज चलेको छ। स्त्री र पुरुष मानव समाजका रथका दुई पाङ्ग्रा हुन्। एकको अभावमा अर्को निरर्थक हुन्छ। आजको मितिमा यो समाजमा हामी महिलावर्गको प्रतिनिधित्व ५० प्रतिशद छ। त्यस कारण हामी एक अर्काको परिपूरक हौँ। हाम्रो पनि सामाजिक, आर्थिक, राजनैतिक, साहित्य र संस्कृतिमा बराबर अधिकार छ भन्दा केही फरक पर्दैन। तर वास्तवमा हाम्रो सबै क्षेत्रमा बराबर भागीदारी भएको छ र ? वास्तवमा भएको छैन। स्वाधीनताको अगाडिसम्म हामी महिलामाझ जागरुकता नै आएको थिएन। त्यसपछि पनि हामी सबै महिलाको चेतना विस्तारै मात्र आएको हो। समयका साथ शिक्षादीक्षाकाे प्रगतिले गर्दा हामी महिलामाझ पनि जागरुकता  फैलिएको छ। हामी गोर्खाली महिलामाझ पनि यो भावना जागृत भएको छ। त्यही भावना भएको फसलको उपजको नाम हो ‘जागृति महिला समिति’ जसको ०७सेप्टेम्बर २०१५ का दिन स्थापना हुन्छ। गाउँका अग्रणी चेलिबेटी जानुका, राधा, दिपाली, कल्पना र दमयन्तीको मानस पुत्र हो जागृति महिला समिति। संस्थापक सभानेत्री जानुका घिमिरे, मूल सचिव राधा ढकाल, मञ्जु उपाध्याय रेग्मी कोषाध्यक्षको ३वर्षे कार्यकाल समाप्त गरेका थियौँ। यो महिला समितिको पहिलो वार्षिक साधारण सभामा (०५/८/२०१८) सर्व सम्मतिले आउँदो तीन वर्षको लागि यो पङ्क्तिकारलाई सभा नेत्री, मञ्जु शर्मा घिमिरेलाई मूलसचिव, सहसचिव गायत्री घिमिरे र कोषाधयक्षमा जयन्ती उपाध्याय ढकाललाई लिएर २१जनाको बलिष्ठ कमिटी आउँदो तीन वर्षका लागि गठन गरिएको हो। यो महिला समितिले स्थापना दिवस (०७सेप्टेम्बर) मा सदस्यमाझ चटनी प्रतियोगिता गरेको थियो। निर्णायक मण्डलीले छानी दिएका ३प्रतियोगीलाई नरहरि रेग्मीका संरक्षककाे तर्फबाट पुरस्कार प्रदान गरिएको थियो। पहिलो पुरस्कार डम्बरकुमारी ढकाल, दोस्रो पुरस्कार ममिता रिजाल र तेस्रो पुरस्कार विष्णु माया भुजेलले प्राप्त गरेका हुन्। त्यसै गरी २०१९ को भानु जयन्ती र तीजको कार्यक्रम गरेका थियौँ। २०१९को तीज उत्सवमा हामीले आकस्मिक भाषण, तीजगीत र तीजको नृत्यको प्रतियोगिताको आयोजन गरेका थियौँ। तर कोभिड/करोनाले गर्दा हाम्रो कार्यकालको दुई वर्ष (२०२०,२०२१) मा केही सांस्कृतिक कार्यक्रम गर्न सकिएन। गत ७ मार्च २०२१मा हाम्रो तीन वर्ष भएको हुनाले वार्षिक साधारण सभामा नयाँ कमिटीको गठन गरी कार्यभार सुम्पियो। त्यो दिन  वसुमती उपाध्याय खनाललाई सभा नेत्री र सावित्री बाँस्कोटालाई मूलसचिवको दायित्य अर्पण गरिएको छ।

यो महिला समिति तीनसुकिया जिल्लाको मार्घेरिटा महकुमामा, दिहिङ पाटकाई उत्सव मनाउने थली कोनजीकमा हाम्रो उदयपुर गाउँ छ। यी गाउँका हाम्रा पुर्खा १९५० सनको भुँइचालोले तहसनहस पारेपछि यो ठाऊँमा सरकारले पुनरवास दिएको हो। सन् २०१५ मा पहिलो प्रतिष्ठा वर्ष भाएको भएकाले प्रतियोगिताको आँट गरिएन्। सबै चेली, बुहारी भेला भएर रमाइलो गरी तीजको कार्यक्रमको आयोजन गर्ने निर्णय भयो। १६ सेप्टेम्बर २०१५ का दिनको पहिलो कार्यक्रम महिला तथा चेलीको सांस्कृतिक शोभायात्रा राखिएको थियो। यो शोभायात्राको शुभारम्भ वरिष्ठ नागरिक, नाट्यकर्मी खोमनाथ खनालको बाहुलीबाट भएको थियो। शोभायात्रामा महिलाले आफ्नो पारम्परिक वेशभूषामा पहिरिनाले गर्दा सारै राम्रो देखिएको थियो। आदिकवि भानुभक्त आचार्यको र महावीर लाचित वरफुकनको सालिगमा धुपदीप प्रज्ज्वलन गरी सोभयात्रा गर्दै मञ्चमा पुगेका हौँ। मञ्चमा ४/५ टोली बनाएर तीजको गीतनृत्यको कार्यक्रम गरी रमाइलो गरेका थियौँ। (समाप्त)

About Author

Advertisement