गान्तोक: अन्तरराष्ट्रीय मानव अधिकार काउन्सिलद्वारा आज रम्फूमा मानव अधिकार दिवस पालन गरियो। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा गोले मुख्य अतिथिका रूपमा उपस्थित थिइन्। विभिन्न विभागका चेयरम्यान, पाक्योङ जिला अद्यक्ष, रम्फू र सिङताम नगर पञ्चायतका पार्षद र अधिकारीगण, आशाकर्मी, अन्य विभिन्न विभागीय अधिकारी, आम नागरिक समाज, युवाचेलीहरुको विशेश ऊपस्थिति रहेको थियो। दीप प्रजवलनको साथ सुरू भएको कार्यक्रममा काउन्सिल सभापति गणेश शर्माले स्वागत सम्बोधन गरे भने वुमन कमिसनका चेयरमेन छुङकिपु भोटियाले महिलाहरुको अधिकार र विभिन्न कानूनको साथ कमिशनका कार्यप्रणालीबारे जानकारी गराइन्। सांस्कृतिक कार्यक्रम प्रस्तुतिबीच विभिन्न क्षेत्रमा सेवा प्रदान गरिरहेका अधिकारी, समाजसेवी, संघ संस्थाको साथ साथै राज्यका आशाकर्मीहरुलाई सम्मानित गरियो। मिङमा लहमू भोटिया, सुनिता शर्मा, जिल्ला उपाध्यक्ष प्रभा प्रधान, विध्यार्थी मोर्चा महासचिव कविता सापकोटा, पूर्व जिला सामाजिक सेवा प्रकोष्ठ लक्ष्मी प्रधान, नारी मोर्चा संयोजिका जिना छेत्री, सढ्जय अग्रवाल, कर्मा छोड़ा भोटिया दि लाई नेताजी सुभाष चन्द्र बोस र बाल गंगाधर तिलक स्मृति सम्मानद्वारा सम्मानित गरियो। समाज सेवा सहित अन्य विभिन्न क्षेत्रहरुमा सेवा पुऱ्याउने डाक्टर शांति मिश्र, सतीश रसाइली, डाक्टर पिन्की भोटिया, ए कुमारी शर्मा, मनमाया सुब्बा, पवित्र थापा इन्द्र छेत्री सिरवानी, अञ्जना प्रधान, निर्मला सुनवार, शान्ति देवी मुखिया, दमयन्ती प्रधान, कमला गुरुङ, कमला देवी घिमिरे, रोशनी सुब्बा, मातृका प्रसाद प्रधान, जोसेफ लेप्चा,अनिता छेत्री, दिपाञ्जली गुरुङ,सन्तोष प्रसाद, छिरिङ जाङगपो लेप्चालाई सम्मानित गरियो। यस अवसरमा नयाँ सदस्यहरुलाई स्वागत गरियो।