गान्तोक: सिक्किमले विश्व धरोहर कञ्चनजङ्घा राष्ट्रिय उद्यानमा अवैध रूपमा रूखहरू काट्ने र त्यसको तस्करी गरिएको भारतीय जनता पार्टी (भाजपा) ले गम्भीर आरोप लगाएको छ। राजधानीस्थित प्रदेश भाजपा कार्यालयमा आज आयोजित एक प्रेसवार्तामा प्रवक्ता डा. राजु गिरीले यस्तो आरोप लगाए। प्रवक्ता डा. राजु गिरीले विश्व धरोहर कञ्चनजङ्घा राष्ट्रिय उद्यानमा अवैध रूपमा १०० भन्दा धेरै रूखहरू काटेर तस्करी गरिएको छ भनी दाबी गरे। स्थानीय मानिसहरूको शिकायतपछि वन विभागले कारबाही गर्दै मानिसहरूको घरबाट यी रूखका काठहरू जफत गरेको पनि उनले दाबी गरे। स्थानीय मानिसहरूले शिकायत गरेपछि मात्र वन विभाग हरकतमा आएको बताउॅंदै उनले विभागको कामकाजप्रति आश्चर्य प्रकट गरे।
उनले संरक्षित क्षेत्रभित्र प्रवेश गरेर यसरी सयौंको संख्यामा रूखहरू काट्ने ऑंट कसरी पाए भन्दै यसमा वन विभागको पनि मिलिभगत हुन सक्ने आशंका व्यक्त गरे। उनले कञ्चनजङ्घा राष्ट्रिय उद्यानमा रूखहरूको तस्करीमा वन विभागका उच्च पदस्थ अधिकारीहरूदेखि लिएर जनप्रतिनिधिहरूको सहभागिताको सुॅंइको भाजपाले पाएको दाबी गरे। उनले यो घटना घटेको हप्ता दिन बितेर जॉंदा पनि आजसम्म कुनै कारबाही नभएको बताए। उनले यस घटनाको घोर निन्दा गर्दै सम्बन्धित व्यक्तिहरू विरूद्ध कड़ा कानूनी कारबाही हुनुपर्ने माग गरे।