सिक्किम: बीएडीपी-को राशिमा ठूलो भ्रष्टाचार भएको भाजपाको आरोप

5fcb0f99-f06b-4416-a821-c827ef74dfac

गान्तोक: सिक्किमले राज्यमा सीमा क्षेत्र विकास कार्यक्रम (बीएडीपी) को राशिमा ठूलो भ्रष्टाचार भएको भारतीय जनता पार्टी (भाजपा),ले गम्भीर आरोप लगाएको छ। राजधानीदेखि छाङ्गु-नथालु जाने जेएन रोडमा ‘क्रस-बेरियर’ लगाउने नाममा लाखौं रूपियॉंको भ्रष्टाचार भएको प्रदेश भाजपाको आरोप छ।

राजधानीस्थित प्रदेश भाजपा कार्यालयमा आज आयोजित एक प्रेसवार्तामा आईटी प्रभारी इन्द्रकुमार रसाइलीले यस्तो आरोप लगाए। उनले गान्तोकदेखि छाङ्गु-नथुला जाने जेएन रोड अन्तर्गत ३ माइलदेखि १७ माइलसम्म बीएडीपी अन्तर्गत क्रस-बेरियर लगाउन ५० लाख रूपियॉंको राशि आवण्टन भएको थियो भनी बताए। तर, सम्बन्धित विभागले काम नगरि पैसा हजम गरेको उनले गम्भीर आरोप लगाउॅंदै आफुसॅंग यस सम्बन्धमा पुख्ता प्रमाणहरू रहेको दाबी गरे।

उनले जेएन रोडमा ग्रेफले लगाएका पुराना क्रस-बेरियरहरू देखाएर पैसा पचाउने काम भएको बताए। उनले जुन समय यो योजना आएको थियो त्यस समय आफु त्यस क्षेत्रका पञ्चायत पनि रहेको तर, सम्बन्धित निकायले आफुलाई सूचना नदिइ सो कार्य गरेको अवगत गराए। यस कार्यको सम्बन्धमा ग्रेफसॅंग सोधपुछ गर्दा ग्रेफले जेएन रोडमा आफुहरूले लगाएको क्रस-बेरियर बाहेक नयॉं क्रस-बेरियर लगाउने काम नभएको सूचना लिखित रूपमा दिएको बताए। ग्रेफले गरेको कामलाई देखाएर लाखौं रूपियॉं भ्रष्टाचार गरिएको उनले आरोप लगाए। आईटी प्रभारी रसाइलीले सीमा विकासको निम्ति आएको राशिमा भएको भ्रष्टाचारप्रति सम्बन्धित विभागको सुस्त प्रतिक्रियाको निन्दा गरे। यस सम्बन्धमा चॉंड़ै एफआईआर दर्ता गर्ने र यसको सूचना प्रवर्तन निदेशालय (ईडी) मा पनि दिने उनले बताए।

About Author

Advertisement