पॉंच दिनव्यापी पैदलयात्रा कालचिनीमा

f3e309fd-8550-41fa-a55b-265e58616a54


कालचिनी- आईएनटीटीयूसीको आह्वानमा औ तृणमूल चिया बगान श्रमिक यूनियनको सहआयोजना तथा तृणमूल अलिपुरद्वार जिल्ला कमिटीको संयुक्त पहलमा शुक्रबार अलिपुरद्वार जिल्लाको असम भोटाङ सीमान्त कुमारग्राम खण्डको सुनकोश चियाबारीदेखि शुरु भएको पॉंच दिनव्यापी पैदलयात्रा आज कालचिनी आइपुगेको थियो भने कालचिनी खण्डको अठियाबारी, राजाभात, कालचिनी र चुवापाड़ा औ मेचपाड़ा हुँदै सो पैदलयात्रा टोली मदारीहाट प्रस्थान गरेको छ| उक्त पैदलयात्रामा स्वयं सहभागी बनेका तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईकले यो पैदलयात्रा चिया श्रमिकहरूको मौलिक अधिकार र पीएफ रकममा धेरै गड़बड़ीको विरोधमा र केन्द्र सरकारको अधीनमा रहेको पीएफ कार्यालयमा दलालचक्रको विरोध गर्न निकालिएको र आगामी १३ दिसम्बरको दिन जलपाइगढी पीएफ कार्यालयको घेराउ हुने जनाएका छन्|
आज सो पैदलयात्रा टोलीलाई कालचिनीमा तृणमूल कालचिनी ब्लक कमिटीको पक्षबाट भव्य स्वागत जनाईएको थियो भने पैदलयात्रामा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईक लगायत आईएनटीटीयूसी अलिपुरद्वार जिल्ला सभापति विनोद मिञ्ज, जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उरॉंव, तृणमूल चियाबारी श्रमिक यूनियनको चेयरम्यान नकुल सोनार, ट्रेड यूनियन केन्द्रिय नेता रबिन राई एवम् अन्यान्यको उपस्थिति रहेको थियो| पैदलयात्रामा आईपुगेका तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईकले चिया श्रमिकहरुको जीवनभरीको कमाई पीएफ रकम पाउन आज धेरै कठिन भईरहेको र अलिपुरद्वार सांसद तथा केन्द्रिय मन्त्री जोन बारला लगायत ५ जना भाजपा विधायक हुँदाहुँदै पनि आज आधारकार्डको संसोधन शिविर गर्न नसकेको र पीएफ केन्द्रको अधीनमा रहेको तर यसमा दलालचक्र सक्रिय रहेको र यसको विरोधमा आगामी १३ दिसम्बरको दिन जलपाइगढी पीएफ कार्यालय जोरदार रुपमा घेराउ गरीने जनाएका छन्|

About Author

Advertisement