बंगला: स्वर्गीय कृष्ण चन्द्र पालको घरमा चोरीको घटना

IMG_20221210_204624.jpg

सिलगढी: सिलगढी नगरनिगमको २३ नम्बर वार्डका पूर्व पार्षद स्वर्गीय कृष्ण चन्द्र पालको डाबग्राम स्थित घरबाट लाखौँ रुपियाँको सुनको बहुमूल्य गरगहना चोरी भएको छ।यस घटनामा पुलिसले दुइजना नोकर्नी र वाहन चालकलाई हिरासतमा लिएर सोधखोज गरिरहेको छ। जानकारी अनुसार स्वर्गीय कृष्ण चन्द्र पालको स्वास्नी रूपा देवी र तिनका परिवार गत केही दिनदेखि छोराको विवाहमा व्यस्त रहेको समय घरमा चोरी भएको बताइएको छ। गत ४ दिसम्बरमा घरबाट सुनको बहुमूल्य गर-गहना चोरी भएको तिनीहरूले थाहा पाएपछि घटनाबारे थानामा अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement