रोमाञ्चक जीतको साथ कृष्ण सेभेन फाइनलमा

IMG_20221210_185248.jpg

युनाइटेड मञ्जु फूटबल क्लबको तत्त्वावधानमा आयोजित मणि खवास स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार पहिलो सेमिफाइनल म्याच खेलियो। मञ्जु खेल मैदानमा आज भएको म्याचमा कृष्ण सेभेनले लाली गुराँस स्पोर्टिंग क्लब, खोप्रेललाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सौरभ सुब्बा र दिवस उरावँले गोल गरे। यसरी नै लाली गुराँस एससी-बाट बिक्कुले १ गोल गरे। अब आइतवार हुने दोस्रो सेमिफाइनलमा पशुपति इलेभेन (नेपाल) र भोला सेभेन (सिंगबुली)-बीच भिड़न्त हुनेछ । फाइनल १७ दिसम्बरमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement