बंगाल: साकेला पर्व किराँती खम्बु राई सांस्कृतिक संस्थान सोनादा पचेङ शाखाको आयोजनामा पालन

IMG_20221210_192304.jpg

सोनादाः आज साकेला पर्व किराँती खम्बु राई सांस्कृतिक संस्थान सोनादा पचेङ शाखाको आयोजनामा पालन गरियो। स्थानीय इन्टेकमा आयोजना गरिएको यस साकेला कार्यक्रममा किराँत धर्म सम्बन्धी विभिन्न परम्परागत खाद्यान्न, भेषभूषा लगायत नृत्यहरु विशेष रूपमा प्रस्तुत गरिएको थियो। यस साकेला पर्व कार्यक्रममा किराँती खम्बु राई संस्कृतिक संस्थान पङ शाखाका सम्पूर्ण प्रतिनिधि लगायत सदस्यहरुको व्यापक उपस्थिति रहेको किराँती खम्बु राई सांस्कृतिक संस्थान पचेङ शाखा अध्यक्ष एनसी राई अनि सचिव सुरेश राईले पत्रकारहरुलाई जानकारी दिएका छन्।

About Author

Advertisement