बंगला: मङपुमा सुन्तला महोत्सव सम्पन्न

IMG-20221209-WA0253.jpg

सुन्तला मासिनु भनेको पहाडको अर्थतन्त्रमा धक्का लाग्नु हो: अनित थापा

मङ्पु: सिन्कोना एवं अन्य औषधीय पौधाहरुका सिन्कोना निर्देशालयद्वारा मङ्पु जनमैदानमा सुन्तला महोत्सव पालन गरियो। चिया अनि सिन्कोनापछि सुन्तला खेती पहाडको मुख्य आयस्रोत भएको कारण यसलाई बचाउनको निम्ति नै सुन्तला महोत्सव आयोजन गरिएको छ। पहाडमा सुन्तला उत्पादनमा कमी भएको कारण स्थानीय कृषक दाजुभाईलाई प्रोत्साहन गराउनको साथै सुन्तला खेतीलाई बचाएर राख्न नै आजको सुन्तला महोत्सव पालन गरिएको कुरा सिन्कोना निर्देशक डा. सामुएल राईले जनाएका छन्।
आजको कार्यक्रमका प्रमुख अतिथि हर्टिकल्चर विभागका मन्त्री सुब्रत साहको बाहुलीबाट कार्यक्रमको उद्घाटन गरियो।
सिन्कोना निर्देशालय जीटीए अनि पश्चिम बंगाल सरकार बागवानी विभागको संयुक्त तत्वावधानमा मङ्पु अनि लाटपञ्जारमा दुई दिने ‘ओरेन्ज फेस्टिवल’ आयोजना गरिएको छ। शुक्रबार मङपुमा आयोजित कार्यक्रममा वागवानी विभागका मन्त्री सुब्रत शाहको उपस्थिति रहेको थियो। उनको साथमा बागवानी विभागका अतिरिक्त मुख्य सचिव सुब्रत गुप्ता, जीटीए मुख्य सचिव एस पुन्नबलाम, डा सामुयल राई अनि सभासदहरुको विशेष उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले सरकारलाई अपील गर्दै भने, “सुन्तला मात्र होइन पहाडमा सिन्कोना खेती पनि मासिनु लागेको छ। यसमा प्राण हाल्ने काम सरकारले गरिदियोस् भनी मन्त्रीको अघि नै जीटीए कार्यपाल अनित थापाले अपील गरे। उनले सम्बोधनमा भने, “२०१७ अघि सरकारको मन्त्रीहरु पहाड आउँदा पहाड अशान्ति हुने गर्थ्यो। अहिले सकारात्मक ऊर्जा पहाडमा आएको छ। आजकल महिनामा एकपल्ट कोही न कोही मन्त्री पहाड आउँछन्। यो हाम्रो सरकारसंगको सकरात्मक सहकार्यको परिणाम हो। म सरकारसंग मिलेर काम गर्छु भन्दा मेरो नाममा मुर्दावादको नारा पनि लगाइयो। तर अहिले हाम्रो कामको नतिजा पहाडले देख्दैछ।जीटीए कार्यपाल अनित थापाले सुन्तलाको खेती पहाडको अर्थतन्त्रको मुख्य अङ्ग हो भन्दै अघि भने, “सुन्तला पहाडको एउटा असल आर्थिक स्रोत थियो। सुन्तला मासिनु भनेको पहाडको अर्थतन्त्रमा धक्का लाग्नु हो। हामीलाई सरकारको सहायता चाहिन्छ। सरकारसंग झगडा गरेर होइन सरकारको सहयोग लिएर पहाडको अर्थतन्त्रको पनि विकास गर्नुपर्छ।”
सिन्कोना बगानको हालत पनि खस्किँदै गएको बताउँदै उनले भने, “हाम्रो सुन्तला मात्र होइन सिन्कोना पनि खतम हुँदैछ। यसमा पनि सरकारले प्राण हाल्नु पर्छ। प्राण हाल्ने काम सरकारले नै गर्नुसक्छ। यो क्षेत्रमा हामी रोजगार दिलाउनु सक्छौं।’

अनित थापाले आज हाम्रै मान्छेले मुद्दा हालेको कारण नै सिन्कोना बगानको पदोन्नतिमा बन्द हुन पुगेको जनाउँदै यसको निम्ति पनि सरकारसित कुरा गरेर चाडैं नै समस्यको समाधान गर्ने कुरा जनाए। सुन्तला महोत्सवमा मङपु पुलिस आउटपोस्ट अनि सिन्कोना निर्देशालयको सयुक्त पहलमा “रन फर अरेन्ज म्याराथन’ प्रतियोगिता पनि राखिएको थियोे जसमा केटाहरुमा रिकजेन दोर्जी तामाङ प्रथम,प्रनित थापा दोस्रो अनि सचिन गिरी तेस्रो बन्न सफल भए भने केटीहरुमाझ सम्पन्न भएको खुल्ला म्याराथनमा प्रतियोगितामा नैना गुरुङ प्रथम,जिज्ञासा राई दोस्रो अनि नन्दनी जैसीले तेस्रो स्थान ओगट्न सफल भएका बिजय प्रतियोगीहरु अतिथिहरुको बाहुली प्रमाणपत्र अनि नगदपुरुस्कार वितरण गरियो। यसरी सुन्तला खाने खुल्ला प्रतियोगिता पनि राखिएको थियो भने भोलि दिसम्बरको दिन लाटपञ्जारमा सुन्तला महोत्सवको दोस्रो दिनको कार्यक्रम सम्पन्न हुने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *