बंगाल: श्रमिकहरूको रहल रकम भुक्तान नगरी बगान छोड़ेर भागे लङ्भ्यु चियाबारीको प्रबन्धकवर्ग

photocollage_2022129222118381.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत लङ्भ्यु चियाबारीका प्रबन्धकवर्ग आफ्नो कार्य छोडेर भागेका छन्। विगत दिनमा जीटीए प्रमुख कार्यपाल अनित थापाको लंगभ्यु चियाबारी भ्रमण अवधिमा लंगभ्यु चियाबारीको मालिकपक्षलाई श्रमिकहरूको रहल रकम भुक्तान गर्न दुई दिनको समय दिएको थियो तर आज उक्त रहल रकम मालिक पक्षले भुक्तान गर्न असफल भएको कारण प्रबन्धकवर्ग चियाबारी छोडेर भागेको जानकारी हिल तराई डुवर्स प्लानटेशन वर्कस युनियनका लंगभ्यु युनिटका सभापति सन्तोस गोले साथै सचिव सतेन थापाले जनाएका छन्। ट्रेड यूनियन लंगभ्यु युनिट सभापति सन्तोस गोलेले जनाए अनुसार 2016 सालदेखि मालिकपक्षले श्रमिकहरूको भविष्य निधी कोष जम्मा नगरेको साथै वर्ष 2022 मा अवकाशप्राप्त गरी बसेका श्रमिकहरूको ग्राजुएटी समेत मालिक पक्षले नदिएको अभियोग लगाएका छन्। सँधै झैं आज बिहान श्रमिकवर्ग आफ्नो दैनिक कार्यमा जाँदा प्रबन्धकहरू चियाबारी छोडेर भागेको जानकारी पाएपछि लंगभ्यु ट्रेड युनियन सभापति, सचिव साथै पंखबारी लंगभ्यु अम्बटे समष्टि सभापति मणिराज डुम्जनको नेतृत्वमा श्रमिकवर्गद्वारा प्रबन्धकहरूको कोठीमा साथै मुख्य गेटमा ताला मारिएको छ। आज प्रबन्धकवर्ग चियाबारी छोडेर भागेको खबरले दिनभरि लंगभ्यु क्षेत्रमा स्थिति तनावपूर्ण हुने आशंकाले गाडीधुरा पुलिस आउट पोस्टद्वारा पुलिसहरूको उपस्थिति रहेको थियो। प्रबन्धकवर्गले चियाबारी छोडेर भागेता पनि दिनभरी श्रमिकहरूले आफ्नो दैनिक कार्य गरे। आजदेखि लंगभ्यु चियाबारीमा सम्पूर्ण कार्य जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देश अनुसार हुने जानकारी समष्टि सभापति मनिराज डुम्जनले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement