बंगाल: दादुरा अनि रुबेला लिएर सचेतना

1633ef2d-1fa2-4dbd-9a26-8e5ca385137e


कालचिनी: कालचिनी खण्डको पूर्व साताली बस्ती स्थित पूनम चन्द मेमोरियल उच्च माध्यमिक विद्यालयको पक्षबाट शुक्रबार बालबालिकालाई दादुरा र रुबेला रोग तथा खोपबारेमा सचेत गराउन पहल गरेको छ| विद्यालयको पक्षबाट शुक्रबार ९ देखि १५ वर्षका बालबालिकालाई सचेत गराउन विद्यार्थीका अभिभावकसँग बैठक आयोजना गरेको थियो|
यस जनचेतना मार्फत बालबालिकालाई रोगका लक्षणहरूबारे जानकारी गराइएको थियो| कार्यक्रममा आयोजकको तर्फबाट विद्यालयका प्रधानाध्यापक समीर दे र साताली ग्राम स्वास्थ्य विभागका एएनएम रिया दाससहित दुइजना शिक्षकको उपस्थिति रहेको थियो|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement