कोविड़ सिक्किम: राज्य बन्यो कोरोनामुक्त

IMG_20210910_192109-1-1.jpg

गान्तोक: सिक्किममा आज कोरोनामुक्त राज्य बनेकाे छ।

आज राज्यभरिबाट कोरोनाकाे शून्य नयाँ मामिला फेला परेको र १ जना कोरोनामुक्त भएकाे राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे राेगले कसैको मृत्यु न भएकाे विभागले जानकारी गराएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार, हिजो राज्यभरि ४२ जनाको नमूना जाँच गरेकाेमा कसैमा संक्रमण पुष्टि भएन। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या ० रहेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर ० प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ४३,०३४ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३१७ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ। 

About Author

Advertisement