सिक्किम: त्योङसी सिरिजङगाको ३१८औं जन्म जयन्ती भव्यरूपमा पालन

IMG-20221208-WA0396.jpg

सबै जातिले आ-आफ्नो भाषा, साहित्य, संस्कृतिलाई संरक्षण र सम्बन्धन गर्ने अधिकार छ: मुख्यमन्त्री तामाङ

गेजिङ: आगामी जनवरी महिनादेखि प्रत्येक निर्वाचन क्षेत्रका जनतालाई भेटेर उनीहरूको समस्य समाधानको दिशामा पहल गर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङले घोषणा गरे। एसकेएम सरकार घोषणा पत्र र भाषणमा मात्र सिमित नरहेर काम गर्न पनि कटिबद्ध रहेको उनले बताए। आज गेजिङ बर्मेक समष्टी अन्तर्गत मार्तम व्लकमा आयोजित सिरिजङ्गा माङहिम परिसरमा राज्यस्तरीय त्योङसी सिरिजङगाको ३१८औं जन्म जयन्तीको अवसरमा मुख्यमन्त्रीले उक्त मन्तव्य प्रकट गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले राज्यमा बसोबासो गर्दै आएका बहुजाती बहुभाषिक समुदायलाई सरकारले समान हक र अधिकार प्रदान गरेको अवगत गराए। हामी सिक्किममे भएकोले यहाँ बसोबासो गर्ने सबै जातिले आफ्नो भाषा, साहित्य, संस्कृतिलाई संरक्षण र सम्बन्धन गर्ने अधिकार पाएको जनाए। लिम्बू जातिको भाषा, साहित्य संस्कृतिको संरक्षक महात्मा त्योङसी सिरिजङगाको जन्मजयन्तीले इतिहास बोकेको बताए। गेजिङ बर्मेकमा विकासका पुर्वधारहरूको निर्माण भइरहेको जानकारी गराए। विशेष गरेर यस क्षेत्रमा नौमति बाजा भवन निर्माण गर्ने, रिञ्चेनपोङ मेगी डाँडामा रबिन्द्रनाथ टैगोर स्मृति पार्क लगायत अन्य विभिन्न विकासका पूर्वधारमाथि सरकारले काम गरिरहेको थप जानकारी गराए। यहाँ माङहिम निर्माणको निम्ति आगामी दिनमा ७ करोड ३१ लाख धनराशीको अनुमोदन गरिने भएको छ। सोही प्रकारले सिरिजङगाको सुन्दरीकरण गर्न सरकार तयार रहेको र शीघ्र यस विषयमा पहल गरिने आश्वासन दिए। प्रसङ्ग फेर्दै उनले पूर्व सरकारले यहाँको गुफामा पावर कम्पनी ल्याएर धवस्त पार्ने कोशिष गरेको आरोप लगाए। पूर्व सरकारले सिक्किमलाई २५ वर्षमा त्राहि- त्राहि बनाएको साथै ऋणमा डुबाएको उनले बताए। २५ वर्षसम्म जनतालाई ढाँट्यो र अहिले आएर सिक्किम सुरक्षित छैन् भन्दै चामलिङ गाउँमा हिडिरहेको अवगत गराए। डुप्लीकेट मन्त्री र विधायकले वितरण गरेको डुप्लीकेट एलोटेमेन्ट अर्डरले गर्दा जनताले धेरै दुःख पाएको पनि उनले आफ्नो सम्बोधनमा उल्लेख गरे। पाथिङका पैह्रौ प्रभावित जनतालाइ ५० लाख गरेर दिनुपर्छ भन्दै चामलिङ हिँडिरहेको छ तर तर उसको कार्यकालमा भूकम्प प्रभावित कुन परिवारलाई पचास लाख रूपियाँ दियो देखाउनु पर्ने चुनौती दिए। चामलिङ सिक्किम बचाउन हिँडेको होइन बाहिरको मान्छे लिएर सिक्किममा आतंक मच्चाउन हिँडेको आरोप लगाए। उनले प्रसङ्ग फेर्दै पञ्चायत चुनाउमाथि बोल्दै भने, हामीले राज्यमा स्वतन्त्रता उम्मेदवार खडा गरेर सबैलाई न्याय दिने काम गऱ्यो तर कति स्थानमा कतिपय उम्मेदवारले हारको सामना गर्नुपरेको उनले उल्लेख गरे। हामी हारेका र जितेका सबैलाई न्याय दिने प्रक्रियामा रहेको बताए। १९९४ मा एसडीएफको सरकार बन्यो तर २०१४ मात्रै कर्मचारीलाइ स्थायीकरणको प्रक्रिया शुरू गरेको किटान गरे। तर वर्तमान सरकारले आठ वर्षमा नै स्थायीकरणको गर्ने प्रक्रिया शुरु गरेर कर्मचारीलाइ न्याय दिएको मुख्यमन्त्रीले दावी गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *