सिक्किम: मुख्यमन्त्री प्रेमसिंह तामाङले दिए साकेवा पर्वको शुभकामना

IMG-20221208-WA0394.jpg

गान्तोक: राई समुदायको महान पर्व साकेवाको अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले हार्दिक बधाई साथै शुभकामना दिएका छन्। विशेष गरेर उनले यस अवसरमा राज्यमा बसोबासो गर्ने सम्पूर्ण राई समुदायलाई बधाई दिएका छन्। साकेवा एक महत्वपूर्ण सांस्कृतिक र धार्मिक चाढ हो, जसले एकता, सद्भाव र साम्प्रदायिक सद्भावलाई सङ्केत गर्दै प्रकृति देवताहरूलाई श्रद्धा अर्पण गर्दै आएको मुख्यमन्त्रीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। यस दिन हामी सबै मिलेर प्रकृति मातृत्वको शान्ति, सुरक्षा, र सबै प्राणीहरूको कल्याणको लागि प्रार्थना गर्नु पर्ने बताएका छन्।

About Author

Advertisement