कालेबुङ: विधायक रूदेन लेप्चाको बाहुलीबाट तुम्लाबुङ सार्वजानिक भवनको उद्घाटन

photocollage_202212820503091.jpg

कालेबुङ जिल्लाको सासे ग्राम पञ्चायत तुम्लाबुङ सार्वजनिक भवनको विविध कार्यक्रमको साथमा उदघाटन गरियो। यस कार्यक्रमको अध्यक्षता उर्गेन तामाङले गरेको थियो। उद्घाटन कार्यक्रममा उपस्थित मुख्य अतिथि विधायक रुदेन लेप्चाको बाहुलीबाट भवनको उद्घाटन गरियो। यस कार्यक्रममा सभासद बीरे राई, खण्ड २ का कार्यकारी अभियन्ता अनिल छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा जिल्ला युवा अध्यक्ष बारूद थापा, दिपेन शेर्पा, जमिनदाता मनबहादुर राई लगायत समष्टिका नेतृत्वहरु लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु अनि गाउँलेहरूको उपस्थिति रहेको थियो। जीटीए द्वारा निर्माण गरिएको उक्त भवनको लागत ३५ लाख १८ हजार रहेको छ भने यसको एजेन्सी मिलन राई रहेको छ।यस भवन निर्माण गर्ने क्रममा मृत्यु भएको मिस्त्रीको आत्म शान्ति हेतु आज प्रार्थना पनि गरियो। कार्यक्रममा गाउँलेहरुको पक्षबाट रणबहादुर तामाङले जीटीए मुख्य कार्यपाल अनित थापा अनि विधायक रूदेन लेप्चाको पहलमा उक्त भवन निर्माण गरिदिएकोमा गाउँलेहरुको पक्षबाट तिनीहरूप्रति आभार प्रकट गरे।आजको कार्यक्रममा गीत, नृत्यहरू प्रस्तुत गरिएको थियो। यसैबीच, आयोजक समितिको पक्षबाट जोन राईले यस भवन निर्माणमा सहयोग पुऱ्याउने सबै पक्षलाई आभार जताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *