विश्वका नयाँ धनाड्य व्यक्ति बर्नार्ड अर्नाल्ट

00-Bernard-Arnault

लुइस भितनका मालिक बर्नार्ड अर्नाल्ट विश्वकै धनी व्यक्ति बनेका छन्। फोर्ब्सको रियल टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्ड अघि देखिएका छन्। अर्नाल्टको हालको कुल सम्पत्ति १८६.२ अर्ब डलर रहेको छ भने मस्कको सम्पत्ति १८५.४ अर्ब डलरमा झरेको छ। टेस्लाको शेयर ओरालो लाग्दा मस्कको सम्पत्ति घटिरहेको बताइएको छ। ७३ वर्षीय बर्नार्ड अर्नाल्ट चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् भने ५१ वर्षीय मस्क टेस्ला र स्पेसएक्सका सिइओ हुन्।

About Author

Advertisement