वाराणसी: काशीमा प्रो. ज्योतिप्रकाश तामाङको व्याख्यान

00-Dr-Jyoti-Prakash-Tamang

काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागको संयोजकत्वमा “हिमाली संजातीय किण्वित आहार” विषयमा सिक्किम विश्वविद्यालयका कार्यवाहक कुलपति प्रोफेसर ज्योतिप्रकाश तामाङको व्याख्यान सम्पन्न भयो। भाभावि-का अध्यक्ष प्रो. दिवाकर प्रधानको सभापतित्वमा कला संकायको ऐतिहासिक डा. एनी बेसन्ट भवनमा भाएको व्याख्यान समारोहमा तमिलका सहायक प्राध्यापक डा. जगदीशन टी-ले स्वागत भाषण प्रस्तुत गरी सभासद्हरूलाई प्रो. तामाङको परिचय गराए। काहिविवि.-का संस्थापक महामना पण्डित मदनमोहन मालवीयको मूर्तिमा अतिथिद्वय तामाङ दम्पतिले दीप जलाईकन माल्यार्पण गर्दा विद्यार्थी आयुष प्रधानले मङ्गलाचरण पाठ गरे। उपस्थित सभासद्हरू उठीकन प. ओम्कारनाथ ठाकुरद्वारा संगीतवद्ध प्रो. शान्तिस्वरूप भटनागर-रचित काहिविवि.-को कुलगीत ‘मधुर मनोहर अतीव सुन्दर ये सर्वविद्या की राजधानी’ गाएपछि व्याख्यान आरम्भ भयो।

वार्ताकार प्रो. तामाङले शोधार्थी र विद्यार्थीहरूलाई खाद्यानुशासनबारे पहिले अर्ती दिँदै कोरोनाकालमा नवपिँढीले घरेलु पाक विद्या सिकेका, घरेलु भाजनको उपयोगिता थाहा पाएका अनि परिवारसित बस्न पाएका स्मरण गराए। श्रोताहरूको सुविधालाई ध्यानमा राख्दै वार्ताकारले अङ्ग्रेजी, हिन्दी र नेपाली भाषामा विज्ञानको गम्भीर विचारलाई सुबोध्य र रुचिकर बनाइदिए। हिमाली संजातीय आहार कति उपयोगी छन् भन्ने जनाउँदै उपस्थित विविध जातिका श्रोताहरूका जातीय आहारबारे तुलनात्मक पद्धतिले घरेलु खाद्य परिकारहरूमा रहेको पौष्टिकता र सुपाच्य गुण इङ्गित गराए। पूर्वजहरू दैनन्दिनका खानपिनमा कति सजग थिए भन्नेबारे सप्रमाण पुष्टि गरे। पूर्वजहरूका वैज्ञानिक दूरदृष्टिले निर्माण गरेका आहार संस्कार बहुराष्ट्रिय कम्पनीले ल्याएका जङ्क फूडभन्दा सय गुणा अधिक स्वास्थ्यकर र उपभोग्य रहेको तथ्य प्रस्तुत गरे। प्रो. तामाङकी विदुषी धर्मपत्नी तथा नरबहादुर भण्डारी महाविद्यालयकी सहप्राध्यापिका आफ्नो अभिभाषणमा शोधार्थी र विद्यार्थीहरू आफ्ना अभीष्ट विषयमा ज्ञान विस्तारका लागि निष्ठावान् रहनुपर्ने आवश्यकता बोध गराइन्।

तेलुगूकी प्रो. शारदासुन्दरीले भाषा विभागमा विज्ञानको सुबोध्य भाषण अन्तर अनुशासनात्मक विनिमयको द्योतक भएको जनाइन्। ज्ञान मानिसको परिचयको बलवती माध्यम हो भन्दै अधकल्चो ज्ञान भएका मान्छेले विषयलाई कठिन बनाइदिने तर विद्वान् व्यक्तिले यस्तो सरल र सुबोध भाषण दिनसक्ने जनाइन्।

विभागको पक्षमा प्रो. तामाङलाई टक्र्यावएको अभिनन्दन पत्रमा ऋषिहरूले ब्रह्मत्व प्रदान गरेको अन्नलाई अनुसन्धान गरिदिनाले लोकोपकार भएको उल्लेख गरिएको थियो। पत्रमा प्रो. तामाङको ज्ञान, सुललित व्याख्यान र विनयशीलतालाई प्रतिष्ठा गरिएको थियो। विद्यार्थी ईक्षा राईले पत्र पठन गरिन्। डा. नम्रता तामाङलाई विभागको पक्षमा काहिविवि.-को चित्राङ्कित स्मृति चिह्न प्रदान गरे। शोधार्थी कुशल तामाङले सञ्चालन गरेको कार्यक्रममा तमिल, तेलुगू, मराठीसहित अन्य विभागका शिक्षक, शोधार्थी र विद्यार्थीहरू पनि आएका थिए। आफ्नो अध्यक्षीय भाषणमा प्रो. प्रधानले अघिको व्याख्यान भाषणलाई संहार गर्दै व्याख्याताले भनेजस्तो यम, नियम, प्राणायाम, प्रत्याहारमा सचेत रहनुपर्ने आवश्यकता अवगत गराए। दोस्रो सत्रमा भाभावि.-का यस वर्षका नवागत विद्यार्थीहरूलाई स्वागत समारोह आयोजित गरिएको थियो । बौद्धिक, हार्दिक र मनोरञ्जनात्मक खेल, कविता, गीत र नाचहरूले भरिएको समारोहमा अञ्जलि शर्मा मिस फ्रेसर र नितेश राई मिस्टर फ्रेसर बने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *