जलपाइगढी: गुजरातमा बिजेपीको विशाल विजयको उत्सवमा, बिहीबार साँझ जलपाइगढीमा जिल्ला भाजपाको तर्फबाट यात्रीहरू, व्यापारीहरू र टोटो चालकहरूबीच मिठाई बाँडियो। भारतीय जनता पार्टी जलपाइगढी टाउन मण्डल–१ का अध्यक्ष मनोजकुमार शाहले आज गुजरातमा भारतीय जनता पार्टीले ऐतिहासिक जित हासिल गरेको बताए । यो खुसीमा जनतालाई मिठाई बाँडिएको थियो। तिनले यो पनि भने कि भगवा तूफान गुजरात हुँदै पश्चिम बंगाल पुग्न लागेको छ र आगामी पञ्चायत चुनाउमा भारतीय जनता पार्टीले यहाँ पहिले भन्दा राम्रो प्रदर्शन गर्नेछ। साथै तिनले आगामी २०२६ को विधानसभा चुनाउमा पश्चिम बंगालमा भारतीय जनता पार्टीले सरकार बनाउने बताए।










