खरसाङ: टुरिस्ट लजदेखि हिमाली बोर्डिङ स्कूलसम्म पुग्ने सोचनीय सड़कको मरमत्तिको कार्य शुरु

IMG-20221208-WA0189.jpg

खरसाङ देवराली समष्टि अन्तर्गत खरसाङ नगरपालिका टको वार्ड नम्बर ४ अनि ५ भित्र पर्ने स्थानीय टुरिष्ट लजदेखि लिएर हिमाली बोडिङ्ग स्कूलसम्मको जीर्णावस्थामा रहेको सडकको मरमत्ति कार्यको शिल्यान्यास गरिएको छ। विधिवत बौद्ध धर्म गुरूको उपस्थितिमा धार्मिक रीति अनुसार खरसाङ देवराली समष्टि सभासद श्याम शेर्पाले नरिवल फुटाएर यस कार्यक्रमको श्रीगणेश गरेका छन्। यसरी धेरै बर्षदेखि जीर्णावस्थामा रहेको सडकको मरमत्ति कार्य शुरू भएकोमा स्थानीयवासीहरुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् अनित थापा र क्षेत्रीय सभासद श्याम शेर्पालाई धन्यवाद दिएका छन्। यस सड़कको मरमत्तिको लागि शिलान्यास कार्यमा भागोप्रमो केन्द्रीय सदस्य समीरदिप ब्लोन, नारी शक्ति केन्द्रिय सदस्या मैया ठकुरी,महकुमा समितिको मूल सचिव एंव मनोनित सभासद प्रणाम रसाईली, उप सभापति शंकर राउत, टाउन कमिटि सभापति राजु शर्मा, उप सभापतिद्वय सन्दीप बल र पुष्प प्रधान, सह सचिव बिरबल पाख्रीन, सांगठनिक सचिव रन्जन गजमेर, कार्यकारिणी सदस्यहरू, नारी शक्ति सभानेत्री सबिता कार्की, उप सभानेत्री पन्चु बल, मूल सचिव दिपा छेत्री,सह सचिवा निर्मला बराईली, रोमा गुरुङ, पूर्व पार्षदिकाहरु सन्ध्या लेप्चा र मोती मोक्तान वार्डको प्यारेन्ट्स, नारी अनि युवा शक्ति को प्रतिनिधिहरु, विभागीय अभियन्ताहरु, ठेकेदारहरू अनि गाउँलेहरूको उपस्थिति रहेको थियो।

रोड मरमत्ति कार्यको शिलान्यासपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पाले खरसाङको टुरिस्ट लजदेखि हिमाली बोर्डिङ स्कूलसम्म पुग्ने रोड धेरै सोचनीय अवस्थामा रहेकोले जीटीए चिफ् अनित थापाको सहयोगमा मरमत्तिको कार्य शुरु गरिएको बताएका छन्। उनले पहिला केवल नरिवल फुटाएर काम हुँदैन थियो तर अहिले नरिवल खुटाउनसाथ काम पनि शुरु भईहाल्ने बताएका छन्। यस रोडको मरमत्ति कार्यको लागि जीटीए चिफ् अनित थापालाई धन्यवाद दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *