दार्जीलिङ: एचएचटीडीसीएएसले विभागीय अधिकारीहरूले चिया श्रमिकहरूले भोग्दै आएको समस्याहरूमाथि अवगत गराउँदै पत्रचार गर्यो

img_1_1669376989169.jpg

चिया श्रमिकहरूले भोग्दै आई रहेको समस्याहरूलाई
केन्द्र गरेर हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले जिल्लापाललाई पत्रचार गरेको छ। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले उक्त पत्र गत ५ दिसम्बरको दिन पठाएको हो। हाम्रो पार्टीको श्रमिक संघले उक्त पत्रको प्रतिलिपि श्रम विभाग जीटीए, जीटीए कार्यपाल, जीटीएको मुख्य सचिव आदिलाई पठाएका छन।हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले पठाएको पत्रमा दार्जीलि²ङ अर्गेनिक टी कम्पनीको अधीनमा रहेका १० वटा चिया बगानहरूमा कार्यरत श्रमिकहरूले खर्च, बेतन, अवकाश प्राप्त भएका श्रमिकहरूले पाउँनु पर्ने साहुलियतहरू पाएका छैनन, ती सवै अविलम्ब दिनु पर्ने मांग गरेको छ। दार्जीलिङ अर्गेनिक टी कम्पनी अधीन ६ वटा चिया बगानहरू अन्य कम्पनीले लिई सकेका छन भने रहल ४ वटा चिया बगानहरू बारे पनि कुराकानी चल्दै आई रहेको छ। दार्जीलिङ अर्गेनिक टी कम्पनी अधीनस्थत साथै अन्य कम्पनीले लिई सकेको चिया बगानहरूमा कार्यरत श्रमिकहरूले पाउँनु पर्ने साहुलियतहरू अविलम्ब दिने अध्यक्ष डीके गुरूङले मांग गरेको छ। यसको साथै अवकाश प्राप्त श्रमिकहरूले पाउने साहुलियतहरू पनि शीध्र भूक्तान गरि दिने मांग गरेको छ।त्यसरी नै टी टुरिजम विषयमाथि सम्झौता अनुरूप कार्य गरिनु पर्ने मांग पनि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ ले गरेको छ।

About Author

Advertisement