सिलगढी: बंगालका जनता राजनीतिक रूपमा सचेत छन्, भाजपालाई कहिल्यै विश्वास गर्दैनन्: चन्द्रिमा भट्टाचार्य

14-56-11-Capture1-5.png

गुजरातमा बीजेपीको भारी जीतको बाबजुद तृणमूल डराएको छैन। बंगालका जनता राजनीतिक रूपमा सचेत छन्। उनीहरूले भाजपालाई कहिल्यै विश्वास गर्दैनन्। यो कुरा हो तृणमूल महिला कांग्रेस प्रदेश अध्यक्ष तथा राज्यमन्त्री चन्द्रिमा भट्टाचार्यको। उनले बिहीबार सिलगढीमा तृणमूल महिला कांग्रेसले बंगालको विभाजनको षड्यन्त्रको विरुद्धमा आयोजना गरेको जनसभालाई सम्बोधन गरिन्।यसअघि आज सिलगढीमा तृणमूल महिला कांग्रेसले र्‍याली निकालेको थियो। सेवक मोडस्थित पार्टी कार्यालय अगाडिबाट सुरु भएको र्‍याली शहरका विभिन्न मागको परिक्रमा गर्दै हास्मी चोकमा पुगेर समापन भएको थियो।

र्‍यालीपछि यहाँ सभा आयोजना गरिएको थियो। भेलालाई सम्बोधन गर्दै मन्त्री चन्द्रिमा भट्टाचार्यले भाजपामाथि आलोचना गरिन्। उनले भाजपालाई बंगालमा कहिल्यै प्रवेश नपाउने बताए। यहाँका जनता राजनीतिक रुपमा धेरै सचेत छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement