खरसाङ: एचपीडब्ल्यु खरसाङ कमिटि बिरेन्द्र छेत्रीले जनाए विरोध

लङ्भ्यु चियाबारी बन्द छ। यसबारे हिजोमात्र जिटिए चीफ अनित थापा यस चियाकमान भ्रमण गरेका थिए। आज एचपीडब्ल्यु खरसाङ कमिटिका पदाधिकारीले बताए कि यस कमानको मालिक बिरुद्ध प्राथमिकी दर्ता गर्नु पर्छ भन्दा प्रजातान्त्रिक मोर्चाका ट्रेड युनियनका प्रतिनिधि बर्गले मानेन यसको निम्ति अनित थापालाई सोध्नु पर्छ भनी हामीलाई जवाब दिए यसबाट धेरै कुरा बुझिन्छ। अनित थापाले चिया श्रमिकको हितको निम्ति कार्य गर्छ भने पहाडमा एउटा मात्र ट्रेड युनियन छैन सबैलाई समेटेर श्रमिकको हितमा कार्य गर्छ भने हामी पनि सहयोग पुर्‍याउने छौं भनी एचपीडब्ल्यु खर्साङ ब्राञ्च कमिटीका उपाध्यक्ष बिरेन्द्र छेत्रीले हिज लङ्भ्यु चियाबारीमा अनित थापाको भ्रमणलाई आज एक प्रेस बिज्ञप्ति जारी गर्दै लङ्भ्यु चियाबारीको विषयमा थप जानकारी दिएका छन्।

About Author

Advertisement