विभिन्न राजनैतिक दलहरूमा योगदान पर्व अब डुवर्सको राजनीतिमा पनि शुरु भइसकेको छ। पञ्चायत चुनाउको अघि अघि अब दलबदलको क्रम चलिरहेकोबिच आज कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँका कर्मठ गोजमुमो नेता तथा युवा मोर्चाका साङ्गठानिक सचिव मन्तोष लामाले आज आफ्नो समर्थक लगायत भाजपा खेमाका समर्थकहरू लिएर तृणमूलमा सामेल भएका छन्।
आज यस क्रममा तृणमूल नेता तथा जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा लगायत तृणमूल जयगाउँ दुई नम्बर अञ्चल चेयरम्यान फुर्बा लामा, अञ्चल सभापति रिना साह, आईएनटीटीयूसी कालचिनी ब्लक सभापति पेम्बा लामा, वसीम रेजा एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति आज गोजमुमो छोड़ेर आएका मन्तोष लामा र तिनको समर्थकहरूलाई तृणमूलमा स्वागत गरिएको थियो।











