कालचिनी: राजाभातखावामा एक दिवसीय प्रकृति शिविर सम्पन्न

51f77838-b387-4286-a4f7-459b8f95ac71

राजाभातखावामा एक दिवसीय प्रकिृति शिविर अर्थात नेचर क्याम्प सम्पन्न भएको जानकारी आर्ट अफ लिभिङ वाईएलटीपीको पक्षबाट रामकुमार लामाले दिएका छन्। बुधबार डुवर्सको मटेली क्षेत्रका मोर्निङ ग्लोरी स्कूलका विद्यार्थीहरूले उक्त एक दिवसीय प्रकृति शिविर पाठमा सहभागिता लिएको थियो। आर्ट अफ लिभिङ वाईएलटीपीको सहयोगितामा सम्पन्न सो शिविर अवधि विद्यार्थीहरूलाई राजाभातखावाको बटरफ्लाई पार्क, एनआईसी र गिद्ध प्रजनन केन्द्रमा घुमाउन लगिएको थियो भने उक्त अवसरमा पुतलीको प्रजाति र यसको प्रजनन बारेमा विस्तृत बताईएको थियो।
बक्सा जंगलको इकोतन्त्र र यहाँको जैविक विविधता बारे राजाभातखावा रेञ्जर अमलेन्दु माझीले विद्यार्थीहरूलाई जानकारी गराएको थियो। अर्कोतिर राजाभातखावास्थित गिद्ध प्रजनन केन्द्रको प्रभारी सौम्य चक्रवर्तीले गिद्ध पक्षीको विलुप्त किन भइरहेछ र यसलाई संरक्षण गर्ने काम चलिरहेको बारे विद्यार्थीहरूलाई बताइएको थियो। आज यस क्रममा विद्यार्थीहरूलाई योग शिक्षा र व्यक्तिव विकासको बारेमा वाईएलटीपीको शिक्षक आजाद भुजेल र रामकुमार लामाले संक्षिप्त प्रशिक्षण पनि प्रदान गरेको थियो। अन्ततः आज पुरा दिन एकदिने नेचर क्याम्पमा आर्ट अफ लिभिङ वाईएलटीपीले सहयोगिता प्रदान गरेकोमा सो स्कूलका प्रिन्सिपल अमित भुजेलले रामकुमार लामा र टोलीलाई साधुवाद टक्र्याएको छ।

About Author

Advertisement