खरसाङ: देवराली समष्टिको खुन्द्रुके बस्तीमा सड़क निर्माणको कार्य सभासद श्याम शेर्पाद्वारा पूजा अर्चना गरी शुरु

photocollage_2022127193250455.jpg

२८ खरसाङ चिम्नी देवराली समष्टि अन्तर्गत रहेको दुर्गम क्षेत्र खुन्द्रुके बस्तीदेखि चारधुरे बस्तीसम्मको बाटो निर्माण कार्य आरम्भ भएको छ। खरसाङको खुन्द्रुके बस्तीमा सड़क नभएकोले मानिसहरू धेरै असुविधामा रहेको र सभासद श्याम शेर्पाको पहलमा यहाँ सड़क निर्माणको कार्य थालिएको छ। उक्त बाटो निर्माण कार्यको शुभारम्भ खरसाङ चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पाको बाहुलीबाट आज पूजापाठ गरेर गरिएको छ। बाटो खन्ने कार्यको निम्ति जेसीबी लगाइएको छ। कार्यक्रममा सभासद श्याम शेर्पाको साथमा भागोप्रमो समष्टि सह सचिव अनिल राई, राजु गोले, नारी शक्ति समष्टि अध्यक्ष सुष्मा मुखिया, सांगठनिक सचिव ललिता छेत्री, युवा संयोजक दिपेश मंगर, अनुप लामा, निरेन लामा, रुसभ खवास साथै चिम्नी, देवराली, मजुवा, खुन्द्रुके, चारधुरेका पार्टीका प्रतिनिधिहरु र जनताको उपस्थिति थियोे। बाटो निर्माण कार्य खरसाङ स्पेशल शेल विभागद्वारा गरिएको जानकारी प्राप्त भएको छ। कार्यक्रममा विभागीय एई पूर्णिमा छेत्री साथै उनकाे सहयोगीहरु पनि उपस्थित थिए। यस कार्यक्रमबारे सभासद श्याम शेर्पाले जानकारी गराउँदै विशेष चारधुरे क्षेत्र एकदमै दुर्गम क्षेत्र हाे र गाडी हिड्ने बाटो नभएकोले उक्त क्षेत्रकाे जनताले धेरै दुःख-कष्ट झेल्नु परिरहेको थियो। दु:ख -बिरामी पर्दा चारधुरेदेखि बिरामी बोकेर दुई किलोमिटर हिँडेर मजुवा निक्लेर खरसाङ अस्पताल ल्याउनु पर्ने नत्र चारधुरेदेखि बिरामी बोकेर दुई किलोमिटर ओह्रालो हिँडेर जंगपाना निक्लेर खरसाङ अस्पताल ल्याउनुपर्ने अवस्था थियो। खुन्द्रुकेवासी पनि दुःख बिरामी हुँदा बिरामी बोकेर मजुवासम्म हिँडेर आउनु पर्ने अवस्था छ। बाटो नभएकोले सरकारी सहुलियत पनि यो क्षेत्रमा ठीकसित पुगेको छैन।
अब बाटोकाे कार्य शुरू भएको छ बाटो निर्माण भएपछि बाटोसितै धेरै सरकारी सहुलियतहरू आउनेछ भनी बताएका छन्।
कार्यक्रम विशेष विनोद राई र निता छेत्रीले संचालन गरेका थिए। यस कार्यकाे लागि सम्पूर्ण क्षेत्रवासीकाे तर्फबाट जीटीए चिफ् अनित थापा अनि क्षेत्रीय सभासद् श्याम शेर्पालाई धन्यवाद दिएका छन्। यो बाटोकाे कार्य शुरु गरिदिएर लाएको गुण अाजीवन नभुल्ने भन्दै क्षेत्रीय प्रतिनिधि विनोद राईले जानकारी गराएका छन्।

About Author

Advertisement