दार्जिलिङ: स्वतन्त्र सेनानी गागा छिरिङ्ग डुक्पाको ११३औं जन्म जयन्ती पालन

IMG-20221207-WA0369.jpg

स्वतन्त्र सेनानी गागा छिरिङ्ग डुक्पाको ११३औं जन्म जयन्ती समारोह सम्पन्न गरिएको छ। डुक्पा वेलफेयर एशोसियसन केन्द्रीय समिति लगायत एघारवटा शाखाका सभापति सचिवहरूकाे उपस्थितिमा जाेरबङ्लाे कार्यालयमा सम्पूर्ण भारत र पहाड लगायत डुक्पा समुदायको स्वतन्त्र सेनानी गागा छिरिङ्ग डुक्पाको ११३औं जन्म जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रममा सर्वप्रथम स्वतन्त्र सेनानी गागा छिरिङ्गको तस्वीरमा माल्यार्पण गर्दै दीप प्रज्वलन गरी कार्यक्रममा केन्द्रीय सभापति साङगे डुक्पा, महासचिव बुद्ध छिरीङ डुक्पा अनि विभिन्न शाखाका सभापति सचिवहरूकाे बाहुलीबाट स्वतन्त्रता सेनानी गागा छिरीङ डुक्पाकाे फाेटाेमा खदा लगाई छिमी बालेर आरम्भ गरिएको थियो। कार्यक्रमलाई सर्वप्रथम राष्ट्रिय गीत गाएर उक्त कार्यक्रम राष्ट्रियप्रति समर्पित गरेका थिए। डुक्पा वेलफेयर एशोसियसनको कोषाध्यक्ष साथै प्रमुख सल्लाहकार रहेका पेम्बा छिरिङले सञ्चालन गरेको उक्त कार्यक्रममा निधन भएका संगठनको सदस्यहरुको आत्मा शान्तिको निम्ति दुई मिनटको मौन धारण कार्यक्रम पनि सम्पन्न गरिएको थियो। त्यसपछि कार्यक्रमलाई अघि बढाउँदै केन्द्रीय समितिको
कार्यक्रममा संगठनको अध्यक्ष साङ्गे डुक्पाले स्वतन्त्र सेनानी गागा छिरिङ्गको बिषयमा उनको जीवनीमाथि प्रकाश पारेका थिए। उनले स्वतन्त्र सेनानी गागा छिरिङ्गको विषयमा बोल्दै समय अनि परिस्थितिको कारण भारत देशको स्वतन्त्र संग्राममा देशको निम्ति लड्ने गागा छिरिङ्ग डुक्पाको ईतिहास ओझेलमा परेका थिए तर हामीले हाम्रो समुदायभित्र भएको यस्ता वीर स्वतन्त्र सेनानीहरुलाई अब विस्तारै ईतिहासको मूलधारमा ल्याउने कार्य गरिरहेको छौं भन्दै उनले स्वतन्त्र सेनानी गागा छिरिङ्ग डुक्पाको नाउँमा सुखियामा एउटा कलेज पनि सञ्चालनमा रहेको अवगत गराए। आजकाे यस समारोहमा अथितिकाे रूपमा गागा छिरीङ डुक्पाकाे नाति निमा टाँसीकाे पनि उपस्थिति रहेको थियोे। गागा छिरीङ डुक्पाकाे जयन्तीको अवसरमा केन्द्रीय सभापति साङगे डुक्पालाई २०२२ राज्य सरकारकाे शिक्षाकाे क्षेत्रमा अतुल्यनीय याेगदान पुर्याएकाे हुनाले शिक्षा विभागद्वारा हाम्रा सभापति साङगे डुक्पा शिक्षा रन्त पुरस्कारले सम्मानित भएकोमा आज सभापति डुक्पालाई केन्द्रीय समिति अनि शाखाहरूद्वारा सम्बर्ध्दना जनाइएको छ। उक्त सम्बर्ध्दना पत्रको पठन ठेण्डुप वाङ्दीले गरेका थिए। यसरी सम्मान गरेकोमा सभापति डुक्पाले सबैलाई धन्यवाद दिएका छन्।
स्वतन्त्र सेनानी गागा छिरिङ्गको ११३औं जन्म जयन्तीको उक्त समारोहमा संगठनको महासचिव बुध्द छिरिङ्ग डुक्पाले पनि आफ्नो सम्बोधन राखेका थिए।

About Author

Advertisement