राज्यभरि बहुतल्ले भवन निर्माणले भविष्यमा प्राकृतिक प्रकोपको कारण समस्यामा पर्ने विचार पोखे नवीन किरण प्रधानले

IMG_20221206_222528.jpg

गान्तोक: नवीन किरण प्रधान अधिवक्ता एवं सामाजिक कार्यकर्ताले राजधानी लगायत राज्यभरि भइरहेका बहुतले भवनहरूको निर्माणप्रति चिन्ता व्यक्त गरेका छन्।सिक्किम भूकम्पीय क्षेत्र ४-५ मा पर्ने गर्छ।यस्तो क्षेत्रमा अनियन्त्रित तरिकामा बहुतले भवनहरूको निर्माण भइरहेका छन् त्यसले राज्यवासीहरूको भविष्य जोखिमपूर्ण बनेको बताएका छन्।प्रधानले राजधानी छेउ राष्ट्रिय राजमार्ग १० अन्तर्गत शिशा गोलाईमा भइरहेको बहुतले भवनको निर्माण कार्यको बारेमा बोल्दै यो विचार पोखेका हुन्। यहॉं भइरहेको बहुतले भवन निर्माणका कारण उनको आवाससहित छेउछाउका घर तथा वरपरका जमिन दबिन र चक्रिन थालेको उनले बताए। यस सम्बन्धमा उनले सम्बन्धित निकायहरूमा शिकायत पनि गरिसकेको, तर कतैबाट सुनवाई नभएको बताए।
उनले यस्तै ठूला-ठूला संरचनाहरूकै कारण राजधानी स्थित आरिथाङ, पाल्जोर स्टेडियमदेखि तलका ठाउॅं र बाइपास दबिन थालेको दाबी गरे। सरकारले समयछॅंदा नै आवश्यक पाइला चाल्नु पर्ने आवश्यकता रहेको उनले बताए। उनले कानून अनुसार साढ़े पॉंच तलाभन्दा अग्लो भवन निर्माण गर्ने अनुमति छैन, तर कुन आधारमा ८-१० तला भवनहरू निर्माण भइरहेका छन् र कसले अनुमति दिइरहेका छन् भनी प्रश्न गरे। उनले शिशा गोलाईमा निर्माणाधीन भवनका कारण भविष्यमा कुनै प्रकारको अप्रिय घटना घटेको खण्डमा यसको जिम्मेवारी भवन निर्माणकर्ता र सम्बन्धित निकायहरूले लिनु पर्नेछ भनी बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *