सिलगढी: बङ्ग्लादेशमा आयोजित बङ्ग्लादेश मास्टर्स नेशनल एन्ड इन्भिटेसनल मिटमा सिलगढीका पूर्व पुलिस कर्मी श्यामल पालले चारवटा स्वर्ण पदक र एउटा रजत पदक हासिल गरेका छन्।उनले देश लगायत सहरको नाम उच्च पारेका छन्। जानकारी अनुसार गत ३० नोभेम्बरमा सिलगढीका श्यामल पाल लगायत मोठ ७ जना बङ्ग्लादेशमा मास्टर्स एथलेटिक एसोसिएसनको पहलमा आयोजित बङ्ग्लादेश मास्टर्स नेशनल एन्ड इन्भिटेसनल मिटमा अंश ग्रहण गरेका थिए। श्यामल पालले ४ वटा स्वर्ण पदक र एउटा रजत पदक जितेका छन्। बङ्ग्लादेशबाट सिलगढी फर्किआएपछि श्यामल पालले भने, भारतको प्रतिनिधित्व गरेर यति धेरै पदक हासिल गरेपछि निक्कै गर्व अनुभव गरिरहेको छु। आगामी दिनमा पनि राष्ट्रिय मिटमा जानको लागि तयारी गर्नेछु।










