गोरुबथान क्षेत्रमा माध्यमिक परीक्षा सन्तोषजनक

15b70232-6e63-4be0-987f-fc8c17cb4854

गोरुबथान – यस वर्षको माध्यमिक परीक्षाको परीक्षाफल नेटमा पश्चिम बंगाल शिक्षा विभागले सार्वजनिक गरेको छ। गोरुबथान क्षेत्रको सबैभन्दा पुरानो विद्यालय युद्धवीर उच्चतर माध्यमिक विद्यालयबाट यसवर्ष परीक्षा दिने विद्यार्थीहरू जम्मा ४८३ जना थिए। जसमा ४३१ जना परिक्षार्थी उत्तिर्ण भएका छन्। यसरी उत्तीर्ण हुनेहरूमध्येबाट जम्मा १२ जनाले प्रथम स्थान,५६ जनाले दोस्रो स्थान ,१२१ जनाले तेस्रो स्थान  ओगट्न सफल भएका छन्। २४२ जना उत्तीर्ण भएका छन् भने १२ जना कम्पार्टमेन्ट र ४० जना अनुत्तीर्ण भएको जानकारी विद्यालयका सहप्रधानाध्यापक बिशाल परियारले दिएका छन्।

यसै गरी अम्बियोक उच्च विद्यालयवाट यस वर्ष ५६ जना विद्यार्थीगणले माध्यमिक परीक्षा दिएका थिए भने सबै परिक्षार्थी उत्तिर्ण भएका खबर विद्यालयका सह शिक्षक सन्जय शर्माले दिएका छन्। यसै गरी गोरुबथान उच्च विद्यालयबाट यस वर्ष माध्यमिक परीक्षाको लागि ४६ जना विद्यार्थीगण थिए भने ४२ जना विद्यार्थी उत्तीर्ण भएको जानकारी गोरुबथान उच्च माध्यमिक विद्यालयका सह शिक्षक रिनम राईले दिएका छन्।  सम्पुर्ण सफल विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दछौ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement