तृणमूल सञ्चालित जयहिन्द वाहिनीको अञ्चल कमिटीको घोषणा

f7067a97-93e5-434f-9cb1-b75acc71554f


कालचिनी – तृणमूलले पार्टी र भाईचारा संगठनहरूको अञ्चल कमिटी पुनर्गठन गर्दै आईरहेको क्रममा आज जयहिन्द वाहिनीको पनि कालचिनी ब्लक अन्तर्गत पर्ने ११ वटा अञ्चल सभापतिको घोषणा गरेको छ। आज कालचिनीस्थित पार्टी कार्यालयमा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराउँको उपस्थितिमा सम्पन्न जयहिन्द वाहिनीको सभामा धेरै चर्चा परिचर्चा पश्चात अन्ततः ११ वटा अञ्चलको जयहिन्द वाहिनीका सभापतिहरूको चयन भएको बताएको छ। यस क्रममा जयगाउँ एक नम्बर अञ्चलका जयहिन्द वाहिनीको सभापतिको रुपमा पवनबीर मोक्तान, जयगाउँ दुई नम्बर अञ्चल सभापतिमा मोहम्मद जाहिर हुसैन, दलसिंहपाड़ाबाट हरि गिरी, मलंगीबाट किस्मत मिञ्ज, सातालीबाट शिवासाक्षी रुद्र, मेन्दाबारीबाट विश्वजीत सुबा, लोथाबारीबाट अक्षय समाल, कालचिनीबाट राजेन उराउँ, चुवापाड़ाबाट प्रशान्त बागवार, गारोपाड़ाबाट उदय किशोर साहा अनि राजाभातखावाबाट आकास सरकारलाई क्रमैसित जयहिन्द वाहिनीको सभापतिको रुपमा चयन गरिएको बताईएको छ।
आज यस अवसरमा जयहिन्द वाहिनीको अलिपुरद्वार जिल्ला सभापति असिम बोस र कालचिनी ब्लक सभापति सौभिक साहा एवम् तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराउँको मुख्य उपस्थिति रहेको थियो।

About Author

Advertisement