कालचिनी – भाजपा पश्चिम बंगाल राज्य सभापति सुकान्त मजुमदार आज अलिपुरद्वार जिल्ला भाजपा कार्यालयको भूमिपूजन कार्यक्रममा भाग लिन आईपुगेका थिए। आज सोही अवसरमा नै कालचिनी खण्ड अन्तर्गत रहेको लोथाबारी ग्राम पञ्चायतका उपप्रधान गौरी ठाकुर लगायत सिनियर नेता तथा पूर्व प्रधान प्राणकुमार सरकार लगायत प्रायः ११ जना तृणमूलका निर्वाचित पञ्चायत सदस्यहरूले भाजपा राज्य सभापति सुकान्त मजुमदारको हातबाट भाजपाको झण्डा समाएको भाजपा सुत्रले जनाएका छन्।
आज यसै प्रसंगमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ अनि समर्थकहरूलाई आह्वान गर्दै सत्तारूढ पार्टी विरुद्ध धेरै कटाक्ष हान्न पछि परेनन। तृणमूल नेताहरूको कलर तानेर केन्द्रले दिएको सरकारी आवास योजनाको हिसाब माग्ने र एसएससी र प्राइमरी भर्नामा भ्रष्टाचारका कारण अहिले मुसाहरू जेलमा रहेको छ र मुसाको संख्या धेरै भएकाले अब ठूलो पिञ्जड़ा बनेको र बाँकी मुसाहरूलाई पनि खोरमा राखिने अट्टहास गरे। सुकान्त मजुमदारले अझै भने अब खेल हाम्रै हो, अम्पायरले चाहे जति चौका वा छक्का प्रहार गर्न सक्ने भन्दै आगामी पञ्चायत चुनाउमा अलिपुरद्वार जिल्ला परिषद भाजपाको कब्जामा रहने पनि भाजपा राज्य सभापति सुकान्त मजुमदारले दाबी पनि गरेका छन्। यता आज भाजपाको झण्डा समाएपछि प्राणकुमार सरकारले आफूहरू स्वच्छ भ्रष्टाचारमुक्त ग्राम पञ्चायत अनि मजबूत ग्राम पञ्चायत गढ़ने लक्ष्यले भाजपामा सामेल भएको बताएका छन्।










