सिलगढी: सिलगढीको एउटा हार्डवेयर दोकानमा चोरी भएको थियो।चोरी भएको २४ घण्टा नबित्दै भक्ति नगर थाना पुलिसले चोरी गरेको समान सहित एकजना युवकलाई पक्राउ गरेको छ।ति आरोपीहरुलाई आज जलपाईगढी अदालतमा पेश गर्यो। पुलिसले पक्राउ गरेका युवक दिपङ्कर राय उर्फ गुस्टीको रूपमा चिन्हित गरिएको छ।जानकारी अनुसार गत ३ दिसम्बरमा भक्ति नगर थाना अतर्गत राय कोलनी इलाकाको एउटा हार्डवेयर दोकानको टीनको छाना काटेर चोरी गरेको थियो। घटनाबारे थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी भएको २४ घण्टाको अवधिमै सिलगढीको ४२ नम्बर वार्डको फौजी मार्ट इलाकाबाट दीपङ्कर रायलाई पक्राउ गरेर सोधखोज गर्दा चोरी गरेको समानहरू उद्धार गरेको बताइएको छ।









