गान्तोक: मन्त्री कुङ्गा निमा लेप्चाले गरे गुम्बाको शिलान्यास

IMG-20221203-WA0280.jpg

स्यारी निर्वाचन क्षेत्रका विधायक एवं राज्यका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाले आज मिडल स्यारीमा पवित्र फुन्सोक पार्ली गुम्बाको शिलान्यास गरे। यस अवधि राज्यका धर्म मामिला विभागीय मन्त्री सोनाम लामाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले सर्वप्रथम यति सानो गाउँमा गुम्बा निर्माणको निम्ति मुख्यमन्त्रीले अनुमति दिएकोमा र धनराशी छुट्टाएकोमा गाउँलेहरूलाई बधाई दिँदै मुख्यमन्त्री तामाङ प्रति कृतज्ञता प्रकट गरे। यो पछौटे गाउँमा गुम्बा निर्माण भएपछि यहाँको विकास हुने उनले जानकारी गराए। यहाँको सडकको समस्या धेरै हदसम्म समाधान भएको र रहल समस्या पनि ग्रामीण प्रवन्धन विकास विभागको माध्यमद्वारा समाधान गरिने अवगत गराए। यसै क्रममा मन्त्री सोनम लामाले यस गुम्बा निर्माणको निम्ति विभागबाट कूल ५० लाख रूपियाँ धनराशी छुट्टाएको छ भने आज २५ लाखको चेक गुम्बा निर्माण समितिलाई हस्तान्तरण गरिएको बताए। आज प्रदान गरिएको २५ लाख रूपियाँको प्रयोग गरिएको प्रमाण पत्र विभागसमत्र देखाएपछि पून दोस्रो चरणमा २५ लाख प्रदान गरिने जानकारी गराए।

पवित्र गुम्बाको शिलान्यास कार्यक्रममा धर्म मामिला विभागका सचिव, नानडोकका खण्ड विकास अधिकारी टाशी वाङ्गेल भोटिया, खण्ड प्रशासनिक केन्द्र नानडोकका एई गेदेन लेप्चा, जिल्ला पञ्चायत, ग्राम पञ्चायत सदस्यहरू लगायत स्यारी निर्वाचन क्षेत्रका धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *