गान्तोक: मन्त्री खरेलले विभिन्नरूपमा सक्षम व्यक्तिहरूसँग मनाए इन्टरनेशनल डे पर्सन विथ डिसाविलिटिज

IMG-20221203-WA0278.jpg

राजधानीस्थित पाल्जर स्टेडियममा आज इन्टरनेशनल डे पार्सन विथ डिसाविलिटिज पालन गरियो। यस अवसरमा राज्यभरिका विभिन्नरूपमा सक्षम ५ सय भन्दा अधिकले सहभागिता जनाएका थिए। राज्यको सामाजिक न्याय एवम कल्याण विभागद्वारा आयोजना गरिएको यस कार्यक्रममा मन्त्री सञ्जीत खरेल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने यसरी नै विभागका अधिकारीवर्गको पनि सहभागिता रहेको थियो। पाल्जरस्टेडियमको कार्यक्रम समापन पछि एमजी मार्गमा उनीहरूलाई ल्याइयो। यस अवसरमा मन्त्री खरेलले विभिन्नरूपमा सक्षम व्यक्तिहरूसँग एमजी मार्गको भ्रमण गर्दै उनीहरूलाई मिठाइ खुवाए। पत्रकारहरूसँगको कुराकानीमा मन्त्री खरेलले यी नानीहरूले सामान्य नानीहरू भन्दा राम्रो प्रकारले खेलकूद खेलेको र उनीहरूको प्रदर्शन देखेर आफू स्वय नै छक्क परेको जनाए। आगामी दिनमा यी नानीहरूलाई राज्यको विभिन्न ठाउँमा घुमाउनु लाने पनि उनले घोषणा गरे।

About Author

Advertisement