पाकिम(सिक्किम): युवा महोत्सव आयोजन

94150b39-d332-47d9-8267-e64e81c464af

मतदाता जागरूकता र नयॉं मतदाताहरूको नामाङ्कनको निम्ति व्यवस्थित मतदाता शिक्षा एवं चुनावी भागीदारी (एसवीईईपी) अन्तर्गत पाकिमको सामुदायिक हलमा युवा महोत्सव आयोजन गरियो। कार्यक्रमको आयोजना जिल्ला चुनाउ कार्यालय, डीएसी पाकिमले सारथी सङ्गठनको संयुक्त तत्वावधानमा गरेको थियो।

कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित एडीसी (बिकास) रविन सेवाले समाजमा विद्यार्थीहरूको भूमिका र नैतिक मूल्यको महत्वमाथि प्रकाश पारे। उनले विद्यार्थीहरूलाई एक असल नागरिकको मूल्य जगाउन आह्वान गरे। उनले ड्रगमुक्त समाज निर्माणको दिशामा सारथी सङ्गठनको भूमिकाको सराहना गरे। उनले पाकिमलाई जीवन्त जिल्ला बनाउने पञ्चायतहरू र नागरिक समाजलाई मिलेर काम गर्न आह्वान गरे।

कार्यक्रममा चुनाउ विभागकी उप-सचिव मेरिना राईले विशेष सारांश संशोधन, नयॉं मतदाताहरूको नामाङ्कन आदि विषय जानकारी गराइन्। उनले ३ र ४ दिसम्बरको दिन प्रत्येक मतदान केन्द्रहरूमा विशेष अभियान आयोजन गरिएको विषयमा जानकारी गराइन्। चुनाउ प्रक्रियामा विद्यार्थीहरूको भूमिकामाथि प्रकाश पार्दै उनले मताधिकार विद्यार्थीहरूको मौलिक कर्तव्य रहेको बताइन्। यस अवसरमा डिकलिङ उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले चुनाउ प्रक्रिया र एक व्यक्ति एक भोट विषय जागरूकतामूलक नाटक प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement