३ दिसम्बरः नव शान्ति युवा संघ, सोरेंगको तत्त्वावधानमा आयोजित सोरेंग ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार एउटा म्याच खेलियो। सोरेंग फूटबल ग्राउण्डमा भएको म्याचमा छेग्रा एफसी-ले राइजिंग स्टार (लाब्दा)-लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा छेग्रा एफसी-बाट अतुल गुरुङले अनि राइजिंग स्टारबाट एरोन छेत्रीले गोल गरे। टुर्नामेण्टका दुईवटा सेमिफाइनल आउँदो वर्ष २१ र २२ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









