कालचिनी: हात्तीले स्कूलको भित्ता फोरेर मिडडे मील खायो

7ad7566a-5635-4a42-94e0-5a1ea64f1ce0

जंगली हात्तीको उत्पात गाउँ बस्तीहरूमा नियमित चलिरहेको क्रममा शुक्रबार राती बक्सा जंगलबाट आहारको खोजीमा पसेको एक्ले हात्तीले राजाभातखावा गारोबस्तीस्थित नेपाली प्राथमिक विद्यालयको भित्ता फोरेर मिडडे मीलको रासन सामग्री सबै सखाप पारेको सो स्कूलका सहशिक्षक सुभाष प्रधानले जनाएका छन्। हात्तीले किचन मात्र नभएर स्कूलको कक्षा र शिक्षक कार्यालय भताभुंग बनाएकोले यसको सूचना स्कूलका एसआई, बन विभाग र राजाभातखावा ग्राम पञ्चायत समक्ष दिएको र स्थानीय पञ्चायत सदस्य ज्योति छेत्री मार्फत सबै जानकारी दिएको बताइएको छ।
अर्कोतिर स्थानीय बासिन्दाहरूले स्कूलको मिड डे मीलको किचन आधाकल्चो निर्माण गरेर छोड़ेको र यसको आजसम्म काम पुरा नभएको पनि गुनासो गरेका छन्।

About Author

Advertisement