कालचिनी: जंगल सफारी गर्न दिन बन विभागलाई ज्ञापन

17430bea-a759-4a68-a679-b26d5aaeaec7

बक्सा ब्याघ्र प्रकल्प अधिनस्थ रहेका पर्यटकीय बनबस्ती बक्सा रोड २८ र २९ बस्तीका ज्वाइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटीको पक्षबाट आज बक्सा ब्याघ्र प्रकल्पका डीएफडी बक्सा रोड क्षेत्रको २७ माइलबाट ३० माइलसम्म जंगल सफारी सञ्चालन गर्न अनुमति दियोस् भनि एउटा ज्ञापन सुम्पिएको जानकारी सो जेएफएमसीका सदस्यहरूले जनाएका छन्। बन विभागले नै एक समय जंगल सफारी वन्यजीवको सुरक्षा साथै इको टुरिज्मलाई प्रोत्साहन गर्न बक्सा जंगलको कतिपय स्थलहरूमा शुरु गर्ने योजना तयार पारेको तर अहिले यसलाई पहल गर्न ढिल्याई गरिरहेकोले बक्सा रोड २८ र २९ बस्तीका बेरोजगार युवाहरूलाई गाइड, ट्याक्सी चालकको रुपमा रोजगार गर्न अवसर प्रदान बन विभागले गर्नुपर्ने हेतुले आज बक्सा रोड २८-२९ बनबस्तीका ज्वाइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटीको पक्षबाट बक्सा ब्याघ्र प्रकल्पका डीएफडी समक्ष बक्साद्वार रेञ्ज अधिकारी मार्फत ज्ञापन सुम्पिएको कमिटीका सदस्य नकुल लामाले जनाएका छन्।
बन विभागले जंगल सफारीको अनुमति दिए पुनः बक्सा पर्यटकीय स्थलहरूमा पर्यटनको आगमन बढ़ने र यसले बनबस्ती बासिन्दा र बन विभागमाझ सकरात्मक सामञ्जस्य कायम रहने पनि जेएफएमसीका सदस्यहरूले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *