मङपुः सिन्कोना प्लानटेसन लेबर युनियन मङपु जोनल समिति गठन

18-49-11-com-1024x461.jpg

आज मङपु रोय बङ्ग्लोमा सिन्कोना प्लानटेसन लेबर युनियन केन्द्रीय समितिको महत्वपूर्ण सभा सम्पन्न भयो। सीपीएलयू केन्द्रीय समिति अध्यक्ष गगन राईको अध्यक्षतामा सभा समपन्न भएको थियो।मङपु लाब्दा समष्टि साथै सिन्कोना विभाग कार्यकारी सभासद रतन कुमार थापाको प्रमुख उपस्थिति रहेको थियो। यस सभामा मङपु जोनल समिति गठन गरियो। यस समितिमा सभापति सुजित तामाङ, उप सभापति गणेश जैसी, मिक्का (सञ्जीव) देवान, मूल सचिव सुजम छेत्री, सह सचिव ज्ञान चन्द्र पाख्रीन, दावा तामाङ, कोषाध्यक्ष चमन सिंह प्रधान, सांगठानिक सचिव जयपति राई, प्रवक्ता रिनेश शेर्पा, प्रमुख सल्लाहकार रतन लामा, कमल थापा, प्रेम शेर्पा, लिला छेत्रीलाई चयन गरियो। आजको सभामा बेसिक पे ग्रुप डी पदोन्नति, पर्जापट्टा, सीपीएलयू आदि विषयमा चर्चा परिचर्चा गरियो। उक्त सभालाई केन्द्रीय समिति सह सचिव किसान बुढाथोकी, केन्द्रीय समिति उप-सभापति सुनिल तामाङ, दार्जिलिङ महकुमा पीआरओ विज्ञान मिश्र, सभासद रतन कुमार थापा आदिले सम्बोधन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement